प्रहरीले भन्यो- कोशीका कानूनमन्त्रीको घरमा खानतलासी गरिएको छैन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ५ असार, २०८३
३ घण्टाअघि

विराटनगर- काेशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री  इन्द्रमणि पराजुलीको घरमा मध्यराति प्रहरी पुगेको घटनाले चर्चा पाइरहँदा प्रहरीले यस सम्बन्धमा आफ्नो  औपचारिक धारणा सार्वजनिक गरेको छ।

सार्वजनिक वृत्तमा मन्त्री पराजुलीको घरमा मध्यराति प्रहरी पुगेको विषयलाई लिएर विभिन्न किसिमका टीकाटिप्पणी सुरु भएपछि जिल्ला प्रहरी कार्यालय मोरङले यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले पक्राउ पुर्जी जारी भइ फरार रहेका प्रतिवादी मन्त्री निवासमा लुकेको सूचनाका आधारमा खोजीका लागि प्रहरी टोली त्यहाँ पुगेको बताएका छन्। यद्यपि प्रहरीले मन्त्रीको निवासमा खानतलासी भने नगरेको विज्ञप्तिमा उल्लेख छ।

विराटनगर-३ स्थित मन्त्री पराजुलीको निवासमा बिहीबार राति करिब ११ बजे प्रहरी टोली पुगेको थियो। त्यसबेला मन्त्री भने निवासमा थिएनन्। उनले आफू सो समयमा संखुवासभामा रहेको बताएका छन्।

प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख व्यहोरा जस्ताको तस्तै-

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री माननीय इन्द्रमणि पराजुलीज्यूको निवासमा प्रहरीको छापा शीर्षकमा विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित सूचनाप्रति जिल्ला प्रहरी कार्यालय, मोरङको ध्यानाकर्षण भएको छ ।

सो सम्बन्धमा मिति २०८३ असार १ गते पक्राउ पुर्जी जारी भइ फरार रहेका प्रतिवादी जिल्ला मोरङ विराटनगर महानगरपालिकास्थित पुष्पलाल चोक आसपासको एरियामा लुकिछिपी रहेको विशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा प्रहरी टोली उक्त एरियामा पुगेको र सोही एरियामा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री माननीय इन्द्रमणि पराजुलीज्यूको निवाससमेत रहेकोमा माननीय मन्त्रीज्यूको निवासमा प्रहरीद्वारा खानतलासी नगरिएको/नभएको व्यहोरा सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिएको छ।

प्रकाशित समय: शुक्रबार ५ असार, २०८३, १८:२६:२१
रतुवामाईमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
शुक्रबार ५ असार, २०८३
प्रहरीले भन्यो- कोशीका कानूनमन्त्रीको घरमा खानतलासी गरिएको छैन
शुक्रबार ५ असार, २०८३
पोखराले ल्यायो ७ अर्ब १५ करोड बजेट
शुक्रबार ५ असार, २०८३
अकुत सम्पत्ति आर्जन मुद्दामा तत्कालीन अधिकृत कमलराज गौतम दोषी ठहर
शुक्रबार ५ असार, २०८३
ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन : अर्थमन्त्री वाग्ले
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
शुक्रबार ५ असार, २०८३
बर्डफ्लु पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित
शुक्रबार ५ असार, २०८३
हर्क साम्पाङले मागे महावीरसँग १० करोड रकम
शुक्रबार ५ असार, २०८३
राप्रपाको महाधिवेशन मंसिर २६ मा गर्ने प्रस्ताव
शुक्रबार ५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०