गत शनिबार इस्लामावादमा भएको वार्ता निष्कर्षविना टुंगिएपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी कडा बनाएको थियो। ट्रम्पले एक अन्तर्वार्तामा “आगामी दुई दिनमा केही महत्वपूर्ण हुन सक्छ” भन्दै वार्ता पुनः सुरु हुने सम्भावना औंल्याएका छन्।
अमेरिकी सेनाले होर्मुज स्ट्रेटमा नाकाबन्दी गरेपछि पहिलो २४ घण्टामा कुनै पनि जहाज आवतजावत नगरेको दाबी गरिएको छ। यसले क्षेत्रीय तनाव थप चुलिएको छ र दुई हप्ते युद्धविरामको भविष्य अनिश्चित बनेको छ।
यसबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने सम्भावना उच्च रहेको बताएका छन्।
वार्ता पुनः हुने संकेतसँगै अन्तर्राष्ट्रिय तेल बजारमा केही राहत देखिएको छ। तेलको मूल्य घटेर प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ।
अहिले अमेरिकाले एक दर्जनभन्दा बढी युद्धपोत र करिब १० हजार सैनिक परिचालन गरी इरानी बन्दरगाहतर्फ जाने जहाजहरूमा कडा निगरानी राखेको छ, जसले इरानको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको बताइएको छ।