एप्पलको जागिरदेखि बैंग्लोरको सडकसम्म

माधव काफ्ले
मङ्गलबार २४ चैत, २०८२
३ हप्ताअघि

धेरैजसो मान्छेका लागि आज पनि सफलताको अर्थ कर्पोरेट अफिसमा जागिर, मोटो तलब र लग्जरी कार-बंग्ला हो । तर भारतको बैंग्लोरका ३७ वर्षीय राकेश बी पालको कथा यस अर्थलाई चुनौती दिने खालको छ ।

एप्पल जस्तो विश्वप्रसिद्ध कम्पनी र ठुला बैंकहरूको जागिर छोडेर मानसिक शान्तिको खोजीमा निस्किएका उनले अहिले बैंग्लोरका सडकहरूमा अटो चलाउँदै आएका छन् । पैसा नै सबैथोक होइन भन्ने मानसिकतालाई प्रशय दिँदै राकेशले रोजेको दैनिकीले यतिबेला उनलाई चर्चाको शिखरमा ल्याइपुर्‍याएको छ ।

अरू मानिसले मरिहत्ते गर्ने एप्पल कम्पनीमा लाखौँको तलब खाएर विलासी सुविधा भोग गर्दै आएका राकेशका लागि पनि कुनै बेला यो जागिर ठुलो सफलता थियो । तर, त्यो खुसी विस्तारै हावाले बालुवा उडाए झैँ घट्दै गयो । उनी तलब त खान्थे, तर आफ्नो कामको आफू मालिक थिएनन् । उनको हरेक दिनको काम माथिल्लो हाकिमलाई खुसी बनाउनु हुन्थ्यो । र, पनि उनि आफू गुलाम भएसरह अनुभूत गर्थे ।

एउटा कान कम सुन्ने राकेशलाई होच्याइन्थ्यो । आफ्नो मेहेनत अनुसार कहिल्यै बढुवा पाएनन् । घरबाट टाढा । बुवासँगको बिग्रँदो सम्बन्ध, न श्रीमतीसँग सानिध्यमा रहन पाउनु । यी सबैले उनलाई डिप्रेसनमा डोहोर्‍याउँदै लग्यो । विदेशी भूमिमा एक्लोपनले गाँज्दै लग्यो । एकदिन जब उनले ऐना अघि उभिएर आफूलाई नियाले, हिजोको राकेशले आजको राकेशलाई चिन्न सकेनन् । आजको राकेश औषधिले आफ्नो मानसिक पीडा भुलाइरहेको थियो, ऊ फेरिएको थियो ।

त्यसैबेला अचानक उनले एप्पलको जागिर छोड्ने कठोर निर्णय गरे । त्यसपछि पनि उनले ठुला बैंक र कम्प्युटर बनाउने कम्पनीहरूमा काम गरे । तर त्यहाँ पनि उनको मन अडिएन । आफूलाई एक्लो अनि मेसिनको एउटा पार्टका रूपमा अनुभूत गर्न थालेका थिए । उनलाई लाग्थ्यो कर्पोरेट वर्ल्डमा मान्छेहरू प्रयोगमात्र हुन्छन् । यहाँ अरूलाई खुसी पार्नका लागि आफ्नै पहिचान गुमाउनुपर्ने रहेछ भन्ने उनलाई लाग्थ्यो ।

त्यसपछि भने उनी सबै कुरा छोडेर स्वदेश फर्किए । तर, छँदाखाँदाको जागिर छोडेर घर फर्किएपछि पारिवारिक र वैवाहिक जिन्दगीमा तनाव आइपर्‍यो । मानसिक रूपमा विक्षिप्त भएको महसुस गर्न थालेपछि उनले अस्पताल नै भर्ना हुनुपर्‍यो । डिप्रेसनको औषधिमा निर्भर हुनुपरेपछि व्रत बसेर उनले आफ्नो तौल घटाए । मुए थाई र मार्सल आर्ट्ससम्म सिके उनले । शारिरीक फिटनेसका लागि गरेको कामबाट उनले राज्यस्तरीय च्याम्पियनसिपमा सिल्भर मेडल जिते । जसबाट उनमा हराएको आत्मविश्वास पुन जागृत भएर आयो ।

अलिकति केही रकम भने उनले जोहो गरेर राखेका थिए । आफ्नो सोही बचत पैसाबाट अटो किनेर अटो चलाउन थालेका उनी फेरि एकएक चर्चामा छन् । कुनै पनि कामलाई सानो नसम्झिएका उनी आफ्ना सहकर्मीहरूलाई खुशीको तुलनामा पैसा ठुलो होइन भने पाठ पढाउँछन् । अहिले उनीसँग जागिरको जस्तो धेरै पैसा नहोला तर जिन्दगी जिउन पुग्नेगरी खुशी छ । जागिर खाँदा जस्तो एक्लो हुनुपरेको छैन, साथीभाइ छन् ।

अटो चालक बन्नुअघि पुनः उठ्छु भन्ने साहस लिएर राकेशले साना भनिएका धेरै काम गरे । उनले फुड डेलिभरी गरे भने कहिले बाइक ट्याक्सी चलाए । जिम सफा गर्ने र ट्वाइलेटसम्म सफाइ गर्ने काम उनले गरे । चार वर्षको कठोर संघर्षपछि अहिले उनी बैंग्लोरमा इलेक्ट्रिक अटो चलाउँछन् । खाली समयमा पेन्टिङ गर्छन् र डान्स जस्तो आफूले इच्छा लागेको काम गर्छन् ।

एप्पजस्तो अफिसबाट बैंग्लोरको सडकसम्मको यो यात्राले यो साबित गर्छ कि वास्तविक स्वतन्त्रता ठुलो पदमा होइन । बरु आफूले इच्छाएको काम गर्न अनि मनको शान्तिका साथ जिउनुमा छ ।

प्रकाशित समय: मङ्गलबार २४ चैत, २०८२, १८:००:५८
अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
घर भत्किएको हेर्न सक्दिनँ’ भनेका व्यक्ति मृत भेटिए
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकाका ५३ देशका लागि चीनको शून्य-कर घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने
शुक्रबार १८ ब‌ैशाख, २०८३
बुद्ध जयन्तीकै दिन बल्खुमा गुम्बा र मन्दिरमा डोजर
शुक्रबार १८ ब‌ैशाख, २०८३
सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन : सभापति थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकासँग व्यापार बढाउन चीनको ठूलो कदम: ५३ देशका लागि शून्य–ट्यारिफ घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘लुटतन्त्र अन्त्य गरी सुशासन कायम गर्ने सरकारको लक्ष्य’ — अर्थमन्त्री वाग्ले
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०