घैंटे समुहका ‘सानुभाइ’ युवराज गुरुङ फेरि पक्राउ, गुण्डागर्दीका श्रृंखलाबद्ध आरोप

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २२ चैत, २०८२
२ महिनाअघि

काठमाडौं । ‘सानुभाइ’ भनिने युवराज गुरुङ फेरि पक्राउ परेका छन्। उनलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको एसएसपी रमेश थापाले जानकारी दिएका छन्।

गुरुङ यसअघि पनि पटक–पटक पक्राउ पर्ने र छुट्ने गर्दै आएका व्यक्ति हुन्। २०८० सालको असारमा ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला उनलाई प्रहरीले हत्कडीसहित ठमेल क्षेत्रमा घुमाएको थियो। त्यसबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउने भन्दै प्रहरीले यस्तो कदम चालेको थियो।

पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो। त्यसयता पनि उनी कुटपिट र असुलीका घटनामा संलग्न हुँदै पक्राउ पर्ने र छुट्ने क्रम दोहोरिँदै आएको छ।

प्रहरीका अनुसार गुरुङ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय थिए। घैंटे प्रहरी मुठभेडमा २०७२ भदौ ३ गते मारिएपछि गुरुङ ‘बुलेटप्रुफ ज्याकेट’ लगाएर हिँड्ने गरेको बताइएको छ।

उनी २०७२ पुस २५ गते नुवाकोटबाट २८ बोर रिभल्बर र एक थान गोलीसहित पक्राउ परेका थिए। सो क्रममा उनले लगाएको बुलेटप्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो। यसअघि २०६७ कात्तिक ७ गते गोंगबुस्थित गणेशस्थान नजिक मिलन लामामाथि धारिलो हतियार प्रहार गरेको घटनामा पनि गुरुङ संलग्न रहेको प्रहरी रेकर्डमा उल्लेख छ।

२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसुरमा दरबारमार्गबाट मुद्दा दर्ता भएको थियो भने २०७७ कात्तिक २६ गते ‘ताज’ भनिने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा पनि पक्राउ परेका थिए।

यसैगरी २०८२ साउनमा ठमेलको एक दोहोरी साँझमा झगडा गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए।

प्रकाशित समय: आईतबार २२ चैत, २०८२, ०८:३२:४१

सम्बन्धित खबर

अछाममा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
आईतबार २४ जेठ, २०८३
सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन
आईतबार २४ जेठ, २०८३
‘स्पेस एक्स’ले ७५ अर्ब डलरको आईपीओ ल्याउने, के नेपालीले किन्न पाउँछन् ?
आईतबार २४ जेठ, २०८३
ओमानलाई आठ विकेटले पराजित गर्दै नेपाल एसियन गेम्सको फाइनलमा
आईतबार २४ जेठ, २०८३
भारत भ्रमणमा परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सहमति
आईतबार २४ जेठ, २०८३
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार २ सय रुपैयाँ घट्यो
आईतबार २४ जेठ, २०८३
बजेटले आर्थिक वृद्धि र रोजगारीको स्पष्ट दिशा दिन सकेन : वर्षमान पुन
शनिवार २३ जेठ, २०८३
मधेश प्रदेशको बजेट खर्च २० प्रतिशत पनि पुगेन, जेठ २१ सम्म १९.४ प्रतिशत मात्रै खर्च
शनिवार २३ जेठ, २०८३
१५ वर्षीय वैभव सूर्यवंशी पहिलोपटक भारतीय सिनियर टोलीमा, श्रेयस अय्यर कप्तान
शनिवार २३ जेठ, २०८३
परराष्ट्रमन्त्री र विजय चौथाइवालेबिच भेटवार्ता
शनिवार २३ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०