विराटनगर । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । उनले ५ सय १४ मत प्राप्त गरे भने प्रतिस्पर्धी एडी लामाले ४ सय १३ मत प्राप्त गरे ।
त्यस्तै, महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ५ सय २७ मत प्राप्त गर्दा प्रतिस्पर्धी बलिभद्र रानाले ३ सय ८० मत प्राप्त गरे ।
मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा,कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र दाहाल,गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भए ।