विराटनगर । अर्थ मन्त्रालयले एकसाथ ३० उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले सोमबार एकैपटक ३० जना उपसचिवहरूलाई विभिन्न विभाग र मातहतका निकायहरूमा सरुवा गरेको हो ।
मन्त्रालयमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग र ती अन्तर्गतका विभिन्न कार्यालयहरूमा पठाइएको छ ।
यसबाहेक कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको सरुवा भएको हो