विराटनगर – तास खेलिरहेको अवस्थामा विराटनगरका ९ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शनिबार राति छापा मार्दा विराटनगरस्थित मनोज राठीको घरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हाे।
पक्राउ पर्नेहरूमा शेरसिंह दुगड, राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, बलराम खत्री, महेश राठी, बजरङ्ग राठी र विनीतलाल लालबनी रहेका छन्। उनीहरूमध्ये शेरसिंह दुगड नेकपा एमालेबाट निर्वाचित भएका विराटनगर–२ का वडा सदस्यसमेत हुन्।
प्रहरीकाअनुसार उनीहरूको साथबाट करिब एक लाख रुपैयाँ नगद बरामद गरिएको छ। तास खेलिरहेको अवस्थामा नै उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिएका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेकोले पक्राउ परेकाहरूलाई आइतबार म्याद थप गरी अनुसन्धान अगाडि बढाइने बताइएको छ।