स्याङ्जा । सामाजिक सञ्जाल प्रयोग गरी अनलाइन ठगी गरेको आरोपमा स्याङ्जाका एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार टिकटकमार्फत चिनजान गरी ह्वाट्सएपमा कुराकानी गर्दै महिलाहरूलाई लक्षित गरी ठगी गर्ने आरोपमा विशाल थापा क्षेत्री नाम प्रयोग गर्ने भेषराज वाग्लेलाई नियन्त्रणमा लिइएको हो।
स्याङ्जाको बिरुवा गाउँपालिका–२ का ३४ वर्षीय वाग्लेलाई काठमाडौंको चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।