विनोद ढकालले आयोगमा बुझाए चुनावमा ९ लाख ७० हजार ३५८ रुपैयाँ खर्च भएको विवरण

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ चैत, २०८२
७ महिनाअघि

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ का नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालले निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन् ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गरेको खर्चको विवरण उनले फागुन २७ गते निर्वाचन आयोगसँगै प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पेश गरेका हुन् ।

Advertisement

उनले चुनावी अभियानका क्रममा कुल ९ लाख ७० हजार ३५८ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।

निर्वाचन अवधिभर ७ लाख ५५ हजार रुपैयाँ आम्दानी भएको र खर्च आम्दानीभन्दा बढी भएकाले २ लाख १५ हजार ३५८ रुपैयाँ अझै तिर्न बाँकी रहेको आयोगलाई बुझाएको विवरणमा उल्लेख छ ।

निर्वाचनमा उठेको रकम र गरिएको खर्चको विवरण उम्मेदवारले आयोगलाई बुझाएर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ खर्च गरिएको छ भने मतदाता नामावली खरिदका लागि १८ हजार रुपैयाँ खर्च भएको छ ।

सवारी साधन भाडा र इन्धनमा १ लाख २९ हजार ७ सय, प्रचार सामग्री छपाइमा २ लाख १५ हजार तथा झन्डा, ब्यानर, स्टिकर तथा ध्वनि प्रणाली साउन्ड सर्भिस प्रयोगका लागि १ लाख २४ हजार रुपैयाँ खर्च भएको छ ।

त्यस्तै सम्पर्क कार्यालय व्यवस्थापनमा १ लाख २३ हजार भएको छ भने घरदैलो कार्यक्रम र मतदाता प्रशिक्षण कार्यक्रममा १ लाख १३ हजार खर्च भएको छ । बुथ एजेन्टको व्यवस्थापनका लागि १ लाख ४३ हजार ७१५ रुपैयाँ खर्च गरिएको आयोगको विवरणमा उल्लेख छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०