सिद्धार्थ सेकेण्डरी स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ चैत, २०८२
४ महिनाअघि

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा १० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सफलापूर्वक सम्पन्न भएको छ ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र शैक्षिक उपलब्धि झल्किने विविध गतिविधि आयोजना गरिएको थियो।

Advertisement

कार्यक्रमको पहिलो दिन प्ले–ग्रुपदेखि युकेजीसम्मका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। सो अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न परियोजनाको प्रदर्शन गरिएको थियो। साथै सिङ्गिङ, डान्सिङ, वक्तृत्वकला तथा चित्रकला विधामा ‘स्टुडेन्ट्स आइडल’ प्रतियोगिता पनि आयोजना गरिएको थियो।

दोस्रो दिन कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम, पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विज्ञान तथा सूचना प्रविधि (आईटी) सम्बन्धी प्रदर्शनी समेत गरेका थिए। यसैगरी सिङ्गिङ, डान्सिङ, वक्तृत्वकला र चित्रकला विधामा विद्यार्थी आइडल प्रतियोगिता सञ्चालन गरिएको थियो।

कार्यक्रमको अन्तिम दिन आज कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। सो अवसरमा उत्कृष्ट विद्यार्थी तथा ४ जिपिए ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। विद्यार्थीहरूले कविता वाचन, नृत्य, गीत, वक्तृत्वकला, चित्रकला तथा विज्ञान र आईटी प्रदर्शनीमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रमका क्रममा विद्यालयका पूर्व विद्यार्थी राकेश श्रेष्ठले ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी चार जना विद्यार्थीलाई नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए। उक्त पुरस्कार विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेत र राकेश श्रेष्ठका बुबा गोविन्द श्रेष्ठले संयुक्त रूपमा वितरण गरेका थिए।

कार्यक्रममा अभिभावक, पूर्व विद्यार्थी, शुभेच्छुक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र उपलब्धिहरूलाई नजिकबाट अवलोकन गर्ने अवसर पाएको बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि संस्कार, अनुशासन र प्रविधिमैत्री शिक्षालाई विद्यालयले प्राथमिकतामा राखेको बताए। उनले विद्यालयले शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य रहेको उल्लेख गरे।

विद्यार्थीहरूले गीत, नृत्य तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिमार्फत दिनभर अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलम ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल जेवी थुलुङले गरेका थिए।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध

आईतबार २८ असार, २०८३
२ घण्टाअघि

दुर्गा प्रसाईंलाई किन प्रहरीले प्रकाउ गरेर घर पुर्याईदियो ?

आईतबार २८ असार, २०८३
२ घण्टाअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ घण्टाअघि

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी

शुक्रबार २६ असार, २०८३
२ दिनअघि

कर्णाली नदीमा भेटियो दुई जनाको शव

शुक्रबार २६ असार, २०८३
२ दिनअघि

संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ

बिहिबार २५ असार, २०८३
३ दिनअघि
खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध
आईतबार २८ असार, २०८३
दुर्गा प्रसाईंलाई किन प्रहरीले प्रकाउ गरेर घर पुर्याईदियो ?
आईतबार २८ असार, २०८३
विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ
आईतबार २८ असार, २०८३
बालेन सरकारले किसानलाई पेन्सन दिने
आईतबार २८ असार, २०८३
विश्वकपको फाइनल खेल हुने स्टेडियम बिक्रीमा
आईतबार २८ असार, २०८३
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०