म्याग्दी । म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाएको छ ।
भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठूलो योगदान पुर्याएको भन्दै समितिले उनको शालिक निर्माण बनाएको हो ।
म्याग्दीको रघुगंगा–३, पिप्लेमा जन्मेकी शाहीको सम्मानमा बनेको उक्त शालिक बुधबार अनावरण गरिएको हो ।
उनको नेतृत्वमा नेपालले एभीसी सिनियर महिला सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा महिला नेसन्स लिगमा पहिलोपटक भारतलाई जित्नेलगायत थुप्रै उपलब्धि हात पारेको छ ।
सन् २०१३ मा राष्ट्रिय टिममा प्रवेश गरेकी शाही डेढ दशकभन्दा बढी समयदेखि भलिबल खेलमा सक्रिय छिन् । उनले गण्डकी प्रदेश टिमको कप्तानीसमेत गरिसकेकी छन् ।