मज्जरले देखायो यसपालि टन्नै फल्छ आँप

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ फाल्गुण, २०८२
७ महिनाअघि

विराटनगर । आँपको राजधानीका रूपमा चिनिएको सिरहामा यस वर्ष आँपको उत्पादन बढ्ने अनुमान गरिएको छ । अधिकांश बोटमा मज्जर (फूल) लागेकाले पनि यसपालि आँपमा भारी मात्रामा उत्पादन हुने अनुमान गरिएको हो ।

कृषि ज्ञान केन्द्र सिरहाका अनुसार जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा आँप खेती भइरहेको छ । एक वर्ष बिराएर फल्ने आँप यस वर्ष फल्ने चक्रमा परेकाले बोटमा अत्यधिक मज्जर लागेको छ ।

Advertisement

मज्जर जोगाउन एक पटक औषधि छरिसकिएको र टिकुला लागेपछि अर्को पटक औषधि छर्नका लागि प्राविधिक सहयोग पाएका किसान यसपटक आँप टन्नै फल्नेमा ढुक्क देखिएका छन् । यस वर्ष आँपमा प्रशस्त मञ्जर लागेको र मौसम अनुकूल रहने सम्भावानाले गर्दा गत वर्षको तुलनामा दोब्बर उत्पादन हुने अपेक्षा गरिएको हो ।

आँपको पकेट क्षेत्रका रूपमा परिचित सिरहाका विभिन्न पालिकामा आँपको फूल फुल्दानफूल्दै व्यापारीहरूले बोली लगाउँछन् । यसैले आँप खेतीबाट राम्रो आम्दानी हुने अपेक्षा गरेका किसानहरू यो वर्ष थप उत्साहित छन् । सिरहामा उत्पादित आँपले काठमाडौँको ४० देखि ५० प्रतिशत माग धान्छ भने कुल उत्पादनको करिब २५ प्रतिशत भारत र खाडी मुलुकसम्म निर्यात हुने गर्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०