हेरिटेज इन्टरनेसनल स्कुलले ‘मदर्स क्रिकेट लिग’ गर्दै मनायो अन्तर्राष्ट्रिय महिला दिवस

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २४ फाल्गुण, २०८२
६ महिनाअघि

विराटनगर । विराटनगर-४ बरगाछीमा अवस्थित हेरिटेज इन्टरनेसनल स्कुलले ‘हेरिटेज मदर्स क्रिकेट लिग’ नामक विशेष क्रिकेट प्रतियोगिताको आयोजना गरी ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।

नारी दिवसको अवसरमा महिलाहरूको क्षमता र सक्रियतालाई सम्मान गर्दै लिग आयोजना गरेर हेरिटेजले यस वर्षको दिवसलाई भव्य रूपमा मनाएको हो ।

महिला सशक्तीकरण र आपसी सद्भावको सन्देश दिने उद्देश्यले विद्यालयले ‘हेरिटेज मदर्स क्रिकेट लिग’को आयोजना गरेको हो । विद्यालय परिसरमा आयोजित उक्त प्रतियोगितामा विद्यार्थीका अभिभावकहरूबाट गठित दुई समूह र विद्यालयका महिला शिक्षकहरूको टोली गरी तीन समूहको सहभागिता रहेको थियो ।

निकै प्रतिस्पर्धात्मक बनेको उक्त क्रिकेट लिगमा सहभागी अभिभावकहरूले खेल कौशल प्रदर्शन गर्दै उपस्थित दर्शक तथा विद्यार्थीहरूलाई उत्साहित बनाएका थिए। खेलको अन्त्यमा अभिभावकहरूको एक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी चुम्न सफल भयो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दुईजना अभिभावकलाई ‘बेस्ट प्लेयर अफ द लिग’ (उत्कृष्ट खेलाडी) को उपाधिबाट सम्मानित गरिएको छ । कक्षा १० का विद्यार्थी इच्छा बज्राचार्यकी आमा श्रीमती सुनीता बज्राचार्य र कक्षा ८ का विद्यार्थी गोविन्दा गोयल अग्रवालकी आमा श्रीमती सारिका गोयललाई उनीहरूको उत्कृष्ट खेल कौशलका लागि विशेष ट्रफी प्रदान गरी सम्मान गरिएको थियो ।

विजयी टोलीका सम्पूर्ण सदस्यहरूलाई विद्यालयका तर्फबाट प्रमाणपत्र, मेडल र ट्रफीद्वारा पुरस्कृत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल सुशान्त बानियाँले अन्तर्राष्ट्रिय महिला दिवसको महत्वमाथि प्रकाश पार्दै भने, “महिलाहरू हरेक क्षेत्रमा सक्षम छन् र खेलकुदले उनीहरूभित्रको आत्मविश्वासलाई अझ उचाइमा पुर्‍याउँछ। हाम्रा विद्यार्थीका अभिभावकहरू र शिक्षकहरूलाई एकै थलोमा ल्याएर यस्तो रचनात्मक कार्यक्रम गर्न पाउँदा हामी गौरवान्वित छौँ।”

उनले विद्यालयले शिक्षासँगै यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

खेलकुद कार्यक्रमको समापनपश्चात् विद्यालयका महिला शिक्षक, कर्मचारी र सहभागी सम्पूर्ण खेलाडीहरूले संयुक्त रूपमा केक काटेर खुसियाली मनाएका थिए । कार्यक्रममा सहभागी महिलाहरूले विद्यालयले यस्तो अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै खेलकुदले आफूहरूबीचको आपसी सद्भाव र एकतालाई अझ बलियो बनाएको अनुभव साटेका थिए ।

प्रकाशित समय: आईतबार २४ फाल्गुण, २०८२, १५:५३:१३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०