वीरगन्ज । नेपाली सेनाले निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै वीरगन्जमा सञ्चालन गरेको विशेष सर्च अभियानका क्रममा बमसहित तीन जना पक्राउ गरेको छ । चुनावमा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले गतिविधि गरिरहेको आशंकामा तीन जनालाई ९ थान सुतली बम, २ थान मोबाइल, १ थान पावर बैंक, १ थान चार्जर , ५ वटा सेतो रङ्गको तार र एउटा सुंगुरको टाउकोसहित पक्राउ गरिएको हो ।
बुधबार बिहान २ बजे वीरगन्ज महानगरपालिका वडा नम्बर १६, ईनर्वा क्षेत्रमा विशेष सर्च अपरेशन सञ्चालन गरिएको थियो ।