सम्पादकीय : सुरक्षा संवेदनशीलतामा किन चुक्दैछ मोरङ प्रशासन ?

माधव काफ्ले
बुधबार २० फाल्गुण, २०८२
४ महिनाअघि

हाम्रो देश नेपाल अहिले संसदीय चुनावको संघारमा छ । भोलि (फागुन २१ गते) देशैधरि उत्साहका साथ प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ । भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि अनियमित रूपमा हुन लागेको यो निर्वाचनबाट देशले नयाँ नेतृत्व पाउँदै छ । विषम् परिस्थितिपछि सिर्जित संघीय संसद्को निर्वाचनमा देश होमिरहँदा मोरङमा सुरक्षा संवेदनशीलताको अभाव देखिएको आभास भएको छ ।

मध्यरातमा निर्वाचन आचारसंहिताविपरीत गएर मोरङ निर्वाचन क्षेत्र नम्बर ५ का कुनै एक उम्मेदवारका प्रतिनिधिले मतदातालाई रकम वितरण गरी प्रलोभनमा पार्दै गरेको सूचना प्राप्त गरेपछि हामीले सुरक्षा निकायलाई जानकारी दिन पटक पटक फोन सम्पर्क गर्‍यौं । तर, निर्वाचनको सम्मुखमा चौबीसै घण्टा उपलब्ध रहनुपर्ने सुरक्षा निकाय अपेक्षित चनाखो रहन सकेन । जनपथ प्रहरीका हरेक निकाय सुतेसरह रहे, जबकि निर्वाचन अवधिभरि चौबीसै घण्टा सचेत र जबाफदेही रहन उनीहरूलाई निर्देशनात्मक आदेश थियो ।

Advertisement

मोरङ प्रहरी प्रमुखदेखि प्रहरीको हटलाइन नम्बरसम्म हामीले पटकपटक गरेको फोन सम्पर्कबाट टाढिए । स्थानीय युवाहरूले दिएको सूचनालाई पछ्याउँदै राति करिब २ बजेतिर त्यस्तो अवैधानिक काम रोक्न स्वयम् पत्रकारहरूको टोली जहदा गाउँपालिका-३ ब्राह्मण टोल पुग्नुपर्ने बाध्यता आइपर्‍यो । जबकि, पत्रकारलाई यस्तो बेला सुरक्षा खतरा ज्यादै छ ।

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउन अहम् भूमिका खेल्नुपर्ने सुरक्षा निकाय चुक्दा नेपाल-भारत सीमानजिक भइरहेको अवान्छित गतिविधि रोक्न पत्रकार नै पुग्नुपर्ने बाध्यता प्रशासनले बनायो । र, हामी आइरहेको भन्ने खबरले पैसाको प्रलोभनमा पारेर मतदाताको मनोभाव परिवर्तन गर्नखोज्ने उम्मेदवारका ‘एजेन्ट’ त्यहाँबाट फरार भइसकेका थिए ।

पाँचतारे होटलहरूमा निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन भन्दै सुरक्षा निकायको बैठक चलिरहन्छ । तर, कार्यान्वयनका बेला भने फोन रेस्पोन्स नगर्ने र प्राप्त जानकारीमा पनि आफ्नो जिम्मेवारी बहन नगर्दा आममतदाताले सुरक्षा संवेदनशीलताको चर्को अभाव महसुस गरेका छन् ।

होलीको पूर्वसन्ध्यामा रंगेलीमा रास्वपा सभापति र वरिष्ठ नेता (जो संघीय सांसदका उम्मेदवार पनि हुन्) को तस्बिर अंकित टिसर्ट खेलेआम बिक्री भइरहेको पाइएपछि प्रहरीलाई हामीले नै जानकारी दिएका थियौं । हाम्रो सूचनालाई आधार मान्दै रंगेली बजारमा छापा हान्न पुगेको प्रहरीले औपचारिकतालाई लागि मात्र व्यापारीबाट त्यस्ता कपडा बरामद गर्‍यो । निर्वाचन आचारसंहिताले प्रतिबन्ध लगाएका लाखौंको संख्यामा छापिएका त्यस्ता टिसर्ट लगाएर यहाँ होली मनाउनेहरूको कमी देखिएन ।

यी दुई घटनालाई विश्लेषण गर्दा मोरङ प्रशासन निर्वाचनजस्तो विशेष समयमा नै सुरक्षा संवेदनशीलता चुकेको प्रष्ट हुन्छ । यसमा प्रश्न उठ्न सक्छ, प्रमुख जिल्ला अधिकारीमातहतमा रहेको सुरक्षा निकायलाई सिडिओले चलाउन नसकेका हुन् कि ! वा, सूचना दिने व्यक्तिको फोन नउठाउने प्रहरीले सिडिओलाई समेत अटेर गरेर सुरक्षा संवेदनशीलतालाई पनि सुताएका हुन् ?

बेलाबेलाका निर्वाचनमा प्रहरीलाई उम्मेदवारसँग मिलेमतो गरे चुनावसँग सम्बन्धित अवान्छित गतिविधिलाई खुलेआम प्रश्रय दिएको आक्षेप लाग्थ्यो । यसपालि पनि रंगेली प्रहरी इन्चार्ज यस्तैखाले प्रश्नको घेराबन्दीमा छन् । यहाँका अगुवाहरूले उनीमाथि रकम लिएर अवैधानिक घटनाहरूमा मौन रहेको आरोप लगाइरहेका छन् । लोकतन्त्रको उत्सव मानिने निर्वाचनमै रकम खाएर एकपक्षीय रूपमा अवान्छित गतिविधिलाई विश्लेषण गर्नु भनेको ज्यादै गम्भीर विषय हो ।

यसैले पनि अरूले आरोप लगाएजस्तो प्रहरीको आचरण नहोस् पनि । तथापि, अन्य समयभन्दा चुस्त-दुरुस्त हुनुपर्ने प्रहरी सूचनाकर्तासँगै किन संशयमा छ ? यी र यावत प्रश्नहरूको जबाफ सुरक्षा निकाय चलाउने प्रशासन प्रमुखले सुरक्षा गोष्ठीहरूमा दिने हो कि !

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति

आईतबार २८ असार, २०८३
४ घण्टाअघि

खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध

आईतबार २८ असार, २०८३
८ घण्टाअघि

दुर्गा प्रसाईंलाई किन प्रहरीले प्रकाउ गरेर घर पुर्याईदियो ?

आईतबार २८ असार, २०८३
९ घण्टाअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
१० घण्टाअघि

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी

शुक्रबार २६ असार, २०८३
२ दिनअघि

कर्णाली नदीमा भेटियो दुई जनाको शव

शुक्रबार २६ असार, २०८३
२ दिनअघि
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति
आईतबार २८ असार, २०८३
खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध
आईतबार २८ असार, २०८३
दुर्गा प्रसाईंलाई किन प्रहरीले प्रकाउ गरेर घर पुर्याईदियो ?
आईतबार २८ असार, २०८३
विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ
आईतबार २८ असार, २०८३
बालेन सरकारले किसानलाई पेन्सन दिने
आईतबार २८ असार, २०८३
विश्वकपको फाइनल खेल हुने स्टेडियम बिक्रीमा
आईतबार २८ असार, २०८३
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०