मोर्डन एरा स्कुलका विद्यार्थीद्वारा ‘बाटो बिराएको बादल’ नाटक मञ्चन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १३ फाल्गुण, २०८२
७ महिनाअघि

विराटनगर । विराटनगरस्थित मोर्डन एरा स्कुलका विद्यार्थीहरूले ‘बाटो बिराएको बादल’ नामक नाटक सफलतापूर्वक मञ्चन गरेका छन्। विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्र दिवस न्यौपानेको निर्देशनमा तयार भएको उक्त नाटक बुधबार आरोहण गुरुकुलमा प्रदर्शन गरिएको हो।

बुधबार दिउँसो १२ बजे पहिलो शो प्रस्तुत गरिएको थियो भने दुई वटा शो सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल इन्द्रकुमार राईले जानकारी दिए। रचना सापकोटाले लेखन गरेको नाटकको व्यवस्थापन साइमन कार्कीले गरेका हुन्। नाटकमा कक्षा ९ का १४ जना विद्यार्थीहरूले अभिनय गरेका थिए।

नाटक अवलोकन गर्न पुगेका प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीहरूको अभिनय मर्मस्पर्शी र मनछुने रहेको प्रतिक्रिया दिए।

नाटकले अभिभावकको बेवास्ताका कारण विद्यालय उमेरकी छोरीले भोग्नुपर्ने समस्या तथा सम्भावित दुर्घटनालाई कथामार्फत प्रस्तुत गरेको छ। अभिभावकीय जिम्मेवारीको अभाव र प्रशासनिक उदासीनताले निर्दोष छात्राको भविष्य कसरी अन्धकारतर्फ धकेलिन सक्छ भन्ने गम्भीर सन्देश नाटकको मुख्य विषयवस्तु रहेको छ।

यसैगरी प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकीले विद्यार्थीहरूले समसामयिक तथा संवेदनशील विषयवस्तु उठान गरेकोमा प्रशंसा गरे।

विद्यालयका प्रिन्सिपल इन्द्र राईले विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रूपमा सहभागी गराउँदै आएको बताए।

प्रकाशित समय: बुधबार १३ फाल्गुण, २०८२, १६:३०:४५

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

बिहिबार १ असोज, २०८३
४ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
७ दिनअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०