इटहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ६ फाल्गुण, २०८२
२ महिनाअघि

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मंगलबार बेलुका करिब ५:१० बजे ईटहरी–१३, ट्रान्सपोर्ट नजिकै कोशी लोकमार्गमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको म.प्र. ०३-००२ ख १८१७ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको प्र १-०२-०४३ प ७००० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३०–३२ वर्षका पुरुषको उपचारका क्रममा साँझ ५:३२ बजे विराट मेडिकल कलेज बुढीगंगामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रक चालकको लापरबाहीका कारण दुर्घटना भएको हो । ट्रक र चालक मकवानपुर मनहरी–१ बस्ने २४ वर्षीय सरोज लामालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

इटहरी–६ स्थित पूर्व–पश्चिम राजमार्गको गोल चोकमा बेलुका ५:५० बजेतिर पश्चिमबाट मोडिएर धरानतर्फ जाँदै गरेको प्र १-०२-००२ ख ०५९२ नम्बरको ट्रकले एक साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोरङ सुन्दरहरैँचा–५ का ४० वर्षीय कुमार श्रेष्ठको धरानस्थित बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हाे ।

ठक्कर दिने ट्रक र चालक तेह्रथुम लालीगुराँस–७ का २७ वर्षीय दिल बहादुर मगरलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय: बुधबार ६ फाल्गुण, २०८२, ०७:००:२२
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड क्षति
शुक्रबार ४ ब‌ैशाख, २०८३
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराट गोल्ड कप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
बिहिबार ३ ब‌ैशाख, २०८३
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०