एभरेष्टमा दुईदिने शैक्षिक प्रदर्शनी सुरु

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ५ फाल्गुण, २०८२
६ महिनाअघि

विराटनगर । विराटनगर महानगरपालिका-५ स्थित एभरेस्ट सेकेण्डरी स्कुलमा आजदेखि दुई दिने शैक्षिक प्रदर्शनी सुरु भएको छ ।

आज पहिलो दिन एल केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले आ–आफ्नो प्रदर्शनी गरेका छन् । वर्षभरि पाठ्यक्रममा पढेका विषयवस्तुहरूलाई व्यवहारिक रुपमा के सिकियो भन्ने कुरालाई विभिन्न प्रोजेक्ट मार्फत प्रस्तुत गरेका हुन् ।

विभिन्न विषयका परियोजनाहरु अभिभावकलाई देखाउँदै उनीहरुले गरेको ब्रिफिङ सुन्दा अभिभावकहरु दंग परे ।

क्रियाकलापमा आधारित सिकाई पद्धति अवलम्वन गर्दै आएको एभरेष्ट स्कुलले मन्टेश्वरी तहमा थिम बेसमा अध्यापन गराउँदै आएको छ भने कक्षा २ देखि माथि पाठ्यक्रममा आधारित शिक्षा प्रदान गर्दै आएको छ ।

सोही अनुसारका कृयाकलापहरूलाई विद्यार्थीहरुले अभिभावकलाई देखाएका हुन् । उनीहरुले विभिन्न खेल खेलाउँदै उपहार दिँदै अभिभावकहरुलाई मनोरञ्जनसमेत गराएका छन् ।

बालबालिकाको प्रदर्शनी अवलोकन गर्नुभएका अभिभावक डा. नन्दकिशोर चौधरीले बालबालिकाले बनाएका परियोजना र उनीहरुले गरेको ब्याख्या राम्रो लागेको बताए ।

उनले यसरी गरिने सिकाइले सर्वाङ्गीण विकासमा टेवा पुग्ने बताए ।

अर्की अभिभावक रूपा श्रेष्ठले विभिन्न खेल खेलाउँदै बालबालिकाले बुझाएको हेर्दा र खेल मार्फत पढेका कुरा जान्न पाउँदा रमाइलो लागेको बताए ।

विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले बालबालिकाले कक्षा कोठामा सिकेका कुराहरुलाई क्रियाकलापमार्फत प्रस्तुत गर्ने प्ल्याटर्फको रूपमा यो प्रदर्शनी रहेको बताए ।

यसले बालबालिकामा आत्मविश्वास अभिवृद्धि गर्दै सृजनशील बनाउन सहयोग पुग्ने उनले बताए ।

मन्टेश्वरी इन्चार्ज आरती घिमिरेले बालबालिकाले गर्ने स–साना कामहरुलाई सिकाएको व्यवहारिक रुपमा प्रस्तुत गर्ने बताइन् ।

यस्तै प्रदर्शनीको अवसरले धेरै उत्साही बनाएका विद्यार्थीहरुको भनाई छ । एभरेष्टले हरेक वर्ष प्रदर्शनी गराउँदै आएको छ ।

कक्षा ६ देखि माथिको प्रदर्शनी भने बुधबार हुने विद्यालयले जनाएको छ ।

प्रकाशित समय: मङ्गलबार ५ फाल्गुण, २०८२, १८:३१:४२
कांग्रेसले सरकारमाथि उठायो १० प्रश्न, लोकतन्त्र र सुशासन कमजोर बनाएको आरोप
बुधबार २० साउन, २०८३
ग्यासको अभाव उस्तै,सिरहामा रित्तो सिलिन्डर बोकेर घण्टौँ लाइनमा
बुधबार २० साउन, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
बुधबार २० साउन, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
बुधबार २० साउन, २०८३
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग
मङ्गलबार १९ साउन, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित
मङ्गलबार १९ साउन, २०८३
सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?
मङ्गलबार १९ साउन, २०८३
प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता
मङ्गलबार १९ साउन, २०८३
सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने
मङ्गलबार १९ साउन, २०८३
राप्रपाले बोलायो कार्यसम्पादन समिति
मङ्गलबार १९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०