एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्ने कान्तिपुरका राजनारायण एक लाख नगदसहित सम्मानित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ मङ्सिर, २०८२
७ महिनाअघि

विराटनगर । शैक्षिक उत्कृष्टताको प्रतीक बन्दै आएको विराटनगरको कान्तिपुर कलेजले चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल राजनारायण महतोसहित आफ्ना विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

विराटनगर महानगरपालिका–१० मा अवस्थित कलेजले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै एमबिबिएस प्रवेश परीक्षामा सफल बनेका तीन विद्यार्थीसहित वार्षिक परीक्षामा अब्बल अंक ल्याएका विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

एमबिबिएस प्रवेश परीक्षामा सामेल भएका १८ हजार परीक्षार्थीहरूमध्ये राजनारायणले ३९औं नम्बरमा नाम निकाल्न सफल भएका थिए । कक्षा १२ को परीक्षामा नेपालकै सर्वोत्कृष्ट नतिजा ३.९६ जिपिए ल्याएका राजनारायणलाई कलेजले एक लाख एक हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो ।

कान्तिपुरमा अध्ययन गरेका मिर्चैया नगरपालिकाका राजनारायणका दाजु राजु महतो पनि अघिल्लो वर्ष एमबिबिएसमा नाम निकाल्न सफल भएका थिए । कान्तिपुर कलेज रोजाइकै कारण आफ्नो सफनाले सार्थकता पाएको बताउँदै राजनारायणले आफूलाई ‘गाइड’ गर्ने शिक्षक–शिक्षिकालाई धन्यवाद दिए ।

विराटनगरबाट पहिलोपटकमै नाम निकालेका एकमात्रै छात्र राजनारायणसहित यस कलेजबाट एमबिबिएसको प्रवेश परीक्षा उत्तीर्ण गरेका करुणाकुमारी साह र प्रिन्सन श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

त्यसबाहेक कलेजले कक्षा ११ र १२ को विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनअन्तर्गत वार्षिक परीक्षामा अब्बल अंक ल्याएका १२ जना विद्यार्थी र तीनै संकायबाट त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने १८ जना विद्यार्थीहरूलाई सम्मान गरेको थियो । साथै, कलेजले उत्कृष्ट ३१ जना विद्यार्थीलाई २१ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने उद्घोषसमेत गरेको छ ।

यसैगरी, कलजले विगत एक दशकयता कार्यालय सहयोगीका रूपमा कार्यरत सीता कार्कीलाई १५ हजार रुपैयाँको सम्मानसहित बिदाइ गरेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल भुवन नेपालले कान्तिपुर शिक्षक र विद्यार्थीको लगनशीलताका कारण प्रत्येक वर्ष मेडिकल, इन्जिनियरिङ, पारा मेडिकल, सिएलगायत विभिन्न विधामा नाम निस्किने गरेको बताए । आगामी दिनमा पनि यस्तै सफलता दोहोर्‍याउँदै जाने प्राचार्य नेपालको प्रतिबद्धता छ ।

कान्तिपुर कलेजका निर्देशक विष्णु दाहाल, अध्यक्ष खुशीराज श्रेष्ठलगायतले आफ्नो मन्तव्य राखेको कार्यक्रममा शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थाका रूपमा कहलिएको कान्तिपुरमा हाल तीन हजार हाराहारीमा विद्यार्थीहरू अध्ययनरत रहेका छन् । पूर्णकालीन दक्ष शिक्षकले अध्यापन गराएर उत्कृष्ट नतिजा आत्मसात् गर्दै आएका कारण पनि कान्तिपुर विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइमा परेको छ ।

प्रकाशित समय: शुक्रबार ६ मङ्सिर, २०८२, ११:४३:४३
विश्व वातावरण दिवसमा बर्जुमा वृक्षारोपण कार्यक्रम सम्पन्न
शुक्रबार २२ जेठ, २०८३
साना दल
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
शुक्रबार २२ जेठ, २०८३
चिनियाँ राष्ट्रपति उत्तर कोरिया भ्रमणमा जाँदै
शुक्रबार २२ जेठ, २०८३
दुहबी नगरपालिकाद्वारा १२९ घरपरिवारलाई सुधारिएको चुलो वितरण
शुक्रबार २२ जेठ, २०८३
प्रधानमन्त्री शाहको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
शुक्रबार २२ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी जेल चलान
बिहिबार २१ जेठ, २०८३
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
बिहिबार २१ जेठ, २०८३
रवि फर्किएलगत्तै परराष्ट्रमन्त्री भारत जाने
बिहिबार २१ जेठ, २०८३
बैंक कर्जा दुरुपयोग आरोपमा जानकी मेडिकल कलेजका प्रमुख पाण्डे पक्राउ
बिहिबार २१ जेठ, २०८३
‘जातीय विभेदको अन्त्य सरकारको मात्र होइन सबै नेपालीको साझा दायित्व हो’
बिहिबार २१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०