वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ भदौ, २०८२
१ वर्षअघि

ढाका । पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन् । सन् १९७१ मा पृथक भएका दुई राष्ट्रबीच सम्बन्ध सुधार्ने प्रयासस्वरूप भएको यो भ्रमण विगत दशकमा उच्चस्तरीय पहिलो भेटवार्ता हो ।

इस्लामाबादले यस भ्रमणलाई ‘पाकिस्तान–बंगलादेश सम्बन्धमा एक महत्त्वपूर्ण उपलब्धि’ भएको बताएको छ । डार सन् २०१२ पछि बंगलादेश भ्रमण गर्ने सबैभन्दा वरिष्ठ पाकिस्तानी अधिकारी हुन् ।

Advertisement

दुई देशबीच व्यापार लगायत विभिन्न क्षेत्रहरूमा समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

पाकिस्तानको परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डारले बंगलादेशका वर्तमान कार्यवाहक नेता, नोबेल शान्ति पुरस्कार विजेता डा. मोहम्मद युनुससँग भेटवार्ता गर्नेछन् ।

यस्तो पृष्ठभूमिमा छिमेकी राष्ट्र भारतले यस भ्रमणलाई विशेष ध्यानका साथ हेरिरहेको विश्लेषकहरूले बताएका छन् । गत वर्षको मे महिनामा भारत र पाकिस्तानबीच छोटो अवधिको सशस्त्र संघर्ष भएको थियो ।

साथै, सन् २०२४ को जुलाई महिनामा बंगलादेशमा भएको व्यापक जनआन्दोलनले प्रधानमन्त्री शेख हसिनाको शासन अन्त्य भएसँगै उनी भारततर्फ प्रस्थान गरेपछि, ढाका–नयाँ दिल्ली सम्बन्धमा चिसोपन देखिएको हो ।

“बंगलादेश अतीतमा भारतको सबैभन्दा नजिकको साझेदार रहँदै आएको थियो, तर अहिले भारतको मुख्य प्रतिद्वन्द्वी मुलुकसँग सुमधुर सम्बन्ध बनाउने प्रयासमा रहेको देखिन्छ,” अमेरिकी विश्लेषक माइकल कुगेलम्यानले बताए।

पाकिस्तान र बंगलादेशले विगत वर्ष समुद्री मार्ग हुँदै व्यापार प्रारम्भ गरेका थिए । यस वर्षको मार्च सरकारी तहमा व्यापार विस्तार सम्बन्धी सम्झौता गरिएको थियो ।

पाकिस्तानका वाणिज्यमन्त्री जाम कमाल खान हालै ढाका पुगेका थिए, जहाँ उनले बंगलादेशी अधिकारीहरूसँग व्यापार र लगानी प्रवद्र्धनका लागि संयुक्त आयोग गठन गर्ने सहमति जनाए ।

त्यसैगरी, शुक्रबार दुबै मुलुकका उच्च सैनिक अधिकारीहरूबीच पाकिस्तानमा भेटवार्ता सम्पन्न भएको थियो ।

सन् १९७१ मा पूर्वी पाकिस्तान अलग भई बंगलादेशको स्थापना भएपछि, ती दुबै देशबीचको सम्बन्ध निकै संवेदनशील रहँदै आएको छ । सो युद्धको क्रममा पाकिस्तानी सेनामाथि व्यापक हिंसा र अत्याचारको आरोप लाग्दै आएको छ । बंगलादेशका अनुसार लाखौं नागरिकले ज्यान गुमाएका थिए । धेरै नागरिकहरूले आज पनि पाकिस्तानबाट औपचारिक माफीको अपेक्षा राखेका छन् ।

स्वतन्त्रतापछि बंगलादेशले भारतसँग नजिकको सम्बन्ध राख्दै आएको थियो । भारतले चारैतिरबाट घेरेको बंगलादेश हाल झण्डै १७ करोड जनसंख्या भएको मुलुक हो ।

तर वर्तमानमा कार्यरत अन्तरिम सरकारले भारतको भूमिमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई संरक्षण दिइएकोप्रति असन्तुष्टि जनाउँदै आएको छ । हसिनामाथि मानवता विरोधी अपराधको आरोपमा मुद्दा चलिरहेको भए पनि उनी अदालतमा हाजिर हुन अस्वीकार गर्दै भारतमै बसेकी छिन् ।

“शेख हसिनाको सत्ताच्युत हुनु भारतका लागि रणनीतिक दृष्टिले ठूलो धक्का थियो । यसपछि पाकिस्तान–बंगलादेश सम्बन्धमा देखिएको सुधार त्यसको प्रत्यक्ष परिणाम हो,” अन्तर्राष्ट्रिय संकट समूहका विश्लेषक थोमस कीनले भने ।

हालै ढाकाले भारतमाथि निषेधित घोषित अवामी लिग पार्टीलाई समर्थन गरेको आरोप लगाएको थियो। भारतले भने यस्तो आरोप अस्वीकार गर्दै आफ्नो भूमिबाट अरू देशविरुद्ध राजनीतिक गतिविधि हुन नदिने स्पष्ट पारेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०