विराटनगर । विराटनगर महानगरपालिका-१० भुमिप्रसासन चोकमा मोटरसाइकल दुर्घटना हुँदा ७१ वर्षीया वृद्धा गम्भीर घाइते भएकी छन् ।
आइतबार राति ११ः५५ बजे उतरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ३९०८ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ४ प ५१९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा ५१९७ नम्बरको मोटरसाइकल चालक सप्तरीको महदेवा-२ घर भई विराटनगर महानगरपालिका-१० बस्ने ४२ वर्षीय बेचनप्रसाद राउतलाई केही नभए पनि पछाडि सवार उनकी आमा ७१ वर्षीया भोलवि देवि राउत गम्भीर घाइते भएकी हुन् ।
उनको टाउकोमा चोट लागेको छ । यस्तै, ३९०८ को मोटरसाइकल चालक जहदा गाउँपालिका-३ बस्ने अन्दाजी २७ वर्षीय मो.अनविर मियाँ पनि सकुशल छन् ।
दुवै मोटरसाइकल चालकले घाइतेलाई लिएर गोल्डेन अस्पताल लिई गएको र सोमबार भोलविदेवि राउतको अवस्था गम्भीर रहेको भनि उनका छोरा बेचनप्रसाद राउतले वडा प्रहरी कार्यालयलाई जानकारी गराएको प्रहरीले जनाएको छ ।