‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ भर्चुअल माध्यमबाट सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ भदौ, २०८२
१ वर्षअघि

राष्ट्रिय युवा संघ नेपालले विश्वभरका नेपाली युवालाई डिजिटल प्लेटफर्ममार्फत एकीकृत गर्ने उद्देश्यसहित आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ भर्चुअल माध्यमबाट भव्य रूपमा सम्पन्न भएको छ । उक्त सम्मेलनको समुद्घाटन गर्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल युगमा युवा नै परिवर्तनका मुख्य शक्ति भएको र विश्वभर छरिएर रहेका नेपाली युवालाई एकै डिजिटल प्लेटफर्ममा जोड्नु ऐतिहासिक कार्य  रहेको बताएका छन् ।

प्रविधि र नवप्रवर्तनमार्फत नेपालको समृद्धि हासिल गर्ने अभियानमा युवाको योगदान निर्णायक हुने र त्यसको लागि सरकारले पनि पहलकदमी लिने अठोट व्यक्त गरेका छन् ।

Advertisement

सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले युवालाई प्रविधिमा सक्षम बनाउन सरकारले नीतिगत तथा संरचनागत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले नेपालको डिजिटल रूपान्तरणलाई सफल बनाउन युवा पुस्ताको सक्रियता अत्यावश्यक भएको र यस अभियानलाई समर्थन र सफल बनाउन सरकारले आवश्यक कानुनी,नीतिगत र पूर्वाधारगत पहल गर्ने कुरामा जोड दिएका छन् ।

एक करोडभन्दा बढी नेपाली युवाको सहभागिता अपेक्षा गरिएको सम्मेलनमा शिक्षा तथा प्रविधि मन्त्रालयका सचिव, डिजिटल पूर्वाधार विज्ञ डा. सुदन झा, र साइबर सुरक्षाविद् प्रो. मोशे वाय. वार्डी लगायतका प्रतिष्ठित वक्ताहरूले आफ्नो भनाइ तथा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपालको डिजिटल नीति, सूचना प्रविधि क्षेत्रमा सम्भावना र चुनौती, अन्तर्राष्ट्रिय अनुभव, रोजगारी तथा उद्यमशीलताको अवसरबारे गहन छलफल भएको थियो। साथै, विश्वभर रहेका नेपाली युवाले प्रविधि र नवप्रवर्तनमा आधारित आफ्ना सफलताका कथाहरू पनि प्रस्तुत गरेका थिए।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष  क्षितिज थेवेले यो सम्मेलन केवल भर्चुअल कार्यक्रम मात्र नभएर यो विश्वव्यापी युवाको साझा आन्दोलन भएको र यसले नेपालको डिजिटल भविष्यलाई युवा नेतृत्व र सहकार्यमार्फत अगाडि बढाउने मा जोड दिएका थिए ।

राष्ट्रिय युवा संघ नेपालले युवा पुस्तालाई प्रोत्साहन र ऊर्जा प्रदान गर्ने उद्देश्यले आफ्नो क्यालेन्डर नै बनाएर विभिन्न उद्यमशीलतामा युवाहरूलाई समाहित र सहभागिता गराउँदै  लैजाने पनि अध्यक्ष थेबेले बताएका छन् । युवा संघले गत वर्ष पनि अन्तर्राष्ट्रिय एआई कन्फ्रेन्स भव्य कार्यक्रमबीच सम्पन्न गरेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’

आईतबार २ कार्तिक, २०८३
१५ minutes

बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान

आईतबार २ कार्तिक, २०८३
२९ minutes

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
५४ minutes

मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता

आईतबार २ कार्तिक, २०८३
१ घण्टाअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१७ घण्टाअघि

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
२१ घण्टाअघि
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०