यी हुन् उत्तराखण्डमा बाढीमा परेर मृत्यु हुने जाजरकोटका सात जना

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ साउन, २०८२
९ महिनाअघि

काठमाडौं । भारतको उत्तराखण्डमा आएको बाढीपहिरोमा परी जाजरकोटका सात जनाको मृत्यु भएको छ ।

ज्यालामजदुरीका लागि भारतको उत्तराखण्ड पुगेका कुशे गाउँपालिका–२ टालेगाउँका १३ जना सो बाढीपहिरोमा परी बेपत्ता भएका थिए ।

बेपत्तामध्ये सात जनाको मृत्यु भएको हो भने अन्य ६ जना सम्पर्कविहीन रहेका छन् । सडक, मन्दिर, घर निर्माणमा ज्यालामजदुरीको काम गर्न पुगेका नागरिक सम्पर्कविहीन भएका छन् ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार भारतको उत्तराखण्डमा ज्यालामजदुरी गर्न गएका कुशे गाउँपालिका–२ टालेगाउँका अन्दाजी ४२ वर्षीय कर्णबहादुर सिंह, अन्दाजी ४२ वर्षीय रामबहादुर सिंह, अन्दाजी ४५ वर्षीय मानबहादुर सिंह, अन्दाजी ३५ वर्षीय निमबहादुर सिंह, अन्दाजी २४ वर्षीय रविन सिंह र जुम्ला जिल्ला तातोपानी गाउँपालिका घर भई ससुरालीमा बस्दै आउनुभएका जनकबहादुर शाही, रुकुमपश्चिम घर भई ससुरालीमा बस्ने नाम नखुलेका एक व्यक्तिको मृत्यु भएको खबर प्राप्त भएको छ ।

गाउँपालिकाले बिहीबार शोक विज्ञप्ति जारी गरी १३ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको जानकारी दिएको छ । साउन २० गते ठुलो पानी परेपछि काममा नगइका टेन्टमै बसेका सबैको मृत्यु भएको सम्पर्कमा आएकाले उनले बताए ।

ज्यालामजदुरीको खोजीमा भारत पुगेका उनीहरुको मृत्यु भएपछि घरपरिवार चिन्तित भएका छन् ।

भारतमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन कुशे गाउँपालिकाले नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

भारतको उत्तराखण्ड उत्तरकाशी जिल्लाको हर्सिल उपत्यकामा मंगलबार गएको बाढिपहिरोबाट धराली गाउँमा ठुलो धनजनको क्षति भएको थियो । सो बाढीपहिरोमा परी जाजरकोटका सात जनाको मृत्यु भएको हो ।

 

प्रकाशित समय: शुक्रबार २४ साउन, २०८२, ०७:२२:४१

सम्बन्धित खबर

ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

मङ्गलबार १५ ब‌ैशाख, २०८३
२५ minutes

अध्यादेशमार्फत कानुन बनाएको भन्दै कांग्रेसको कडा आपत्ति, ‘संसद् माथि अतिक्रमण’ आरोप

मङ्गलबार १५ ब‌ैशाख, २०८३
३३ minutes

जलेका गाडीको नाममा इन्धन दुरुपयोग, छानबिन गर्न स्वास्थ्यमन्त्रीके निर्देशन

मङ्गलबार १५ ब‌ैशाख, २०८३
४ घण्टाअघि

दुहबीमा एकल महिलामाथि निर्घात कुटपिट गर्नेलाई प्रहरीले नै संरक्षण गरेको गुनासो

मङ्गलबार १५ ब‌ैशाख, २०८३
५ घण्टाअघि

धरानमा अनलाइन जुवा खेल्ने १० जना पक्राउ

मङ्गलबार १५ ब‌ैशाख, २०८३
५ घण्टाअघि

इन्डोनेसियामा रेल दुर्घटना हुँदा १४ जनाको मृत्यु, ८४ घाइते

मङ्गलबार १५ ब‌ैशाख, २०८३
६ घण्टाअघि
ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
मङ्गलबार १५ ब‌ैशाख, २०८३
अध्यादेशमार्फत कानुन बनाएको भन्दै कांग्रेसको कडा आपत्ति, ‘संसद् माथि अतिक्रमण’ आरोप
मङ्गलबार १५ ब‌ैशाख, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
मङ्गलबार १५ ब‌ैशाख, २०८३
जलेका गाडीको नाममा इन्धन दुरुपयोग, छानबिन गर्न स्वास्थ्यमन्त्रीके निर्देशन
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरको फोहोर व्यवस्थापन ठेक्का प्रक्रियामा भएको विवाद अदालतसम्मै पुग्यो
मङ्गलबार १५ ब‌ैशाख, २०८३
दुहबीमा एकल महिलामाथि निर्घात कुटपिट गर्नेलाई प्रहरीले नै संरक्षण गरेको गुनासो
मङ्गलबार १५ ब‌ैशाख, २०८३
धरानमा अनलाइन जुवा खेल्ने १० जना पक्राउ
मङ्गलबार १५ ब‌ैशाख, २०८३
इन्डोनेसियामा रेल दुर्घटना हुँदा १४ जनाको मृत्यु, ८४ घाइते
मङ्गलबार १५ ब‌ैशाख, २०८३
आजदेखि विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरमा अटो सेन्टरमा आगलागी हुँदा २३ लाख बराबरको क्षति, सञ्चालक घाइते
मङ्गलबार १५ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०