विराटनगर । कोशी प्रदेशकै अग्रणी ग्रिनल्यान्ड कलेजले कक्षा १२ को परीक्षामा ऐतिहासिक सफलता हात पारेको छ ।
उत्कृष्ट शैक्षिक संस्थाका रूपमा सम्मानित बनेको
ग्रिनल्यान्ड कलेजले यस वर्षको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा आत्मसात् गरेको छ ।
ग्रिनल्यान्ड कलेजबाट ६७० जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ९५.९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
कलेजका अनुसार सबैभन्दा उच्च जिपिए ३.९२ रहेको छ । त्यस्तै, २६ जना विद्यार्थीले ए प्लस ग्रेड ल्याएका छन् भने २३० जनाले ए, २७७ जनाले बी प्लस, १०३ जनाले बी र सी तथा ७ जनाले सी प्लस ग्रेड प्राप्त गरेका छन् ।
न्यून संख्यामा मात्र विधार्थीले एनजी (नन ग्रेडेड) ग्रेड ल्याएका छन् ।
कलेज प्रशासनले यो नतिजालाई ग्रिनल्यान्ड कलेजको शैक्षिक उत्कृष्टताको प्रमाणका रूपमा लिएको छ ।
कलेजका प्रधानाध्यापक दिनेश दाहालले भने, “हामी हाम्रो नतिजाबाट बोल्छौं । विद्यार्थीको निरन्तर मेहनत, शिक्षकको समर्पण र कलेज व्यवस्थापनको प्रभावशाली संयोजनले यो परिणाम सम्भव भएको हो ।”
शैक्षिक क्षेत्रमै आफूलाई अब्बल सावित गर्न सफल ग्रीनल्यान्ड कलेजले आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै नवीनतम् प्रविधिमा आधारित शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।