समयमा पानी नपर्दा कोशीमा अझै ११ प्रतिशत रोपाइँ बाँकी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ साउन, २०८२
११ महिनाअघि

विराटनगर । समयमा पानी नपरेका कारण कोशी प्रदेशमा अझै ११ प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन ।

कोशी प्रदेशका १४ जिल्लामा २ लाख ७६ हजार ३८६ दशमलव ७२ हेक्टरमा धान खेती हुने गरेको छ । जसमध्ये हालसम्म २ लाख ४६ हजार ६५ दशमलव ४४ हेक्टरमा धान रोपाइँ भएको छ ।

कृषि विकास निर्देशनालय कोशी प्रदेशका निमित्त निर्देशक टोनी बर्देवाका अनुसार कोशीमा हालसम्म ८९ दशमलव ३ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्षको यही अवधिमा ९५ दशमलव १ प्रतिशत रोपाइँ भएको थियो ।

कोशी प्रदेशमा सघन रुपमा धान खेती हुने झापा, मोरङ र सुनसरी जिल्लामा धान रोपाइँ सन्तोषजनक रुपमा हुन सकेको छैन । मोरङमा ९२ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ९८ प्रतिशत रोपाइँ भएको थियो ।

सुनसरीमा ९५ र झापामा ८९ दशमलव ४७ प्रतिशत मात्र रोपाइँ भएको छ । मोरङमा ६९ हजार ८१७ हेक्टरमा धान बाली लगाउने गरिन्छ । यस्तै, सुनसरीमा ४८ हजार ९ हेक्टर र झापामा ७५ हजार ४५९ हेक्टर क्षेत्रमा धान बाली लगाइने गरिएको छ ।

मोरङमा अझै पनि रोपाइँको काम जारी छ । ढिलो पाक्ने मङ्सिरे धानको खेती हुने दक्षिणी मोरङमा भदौको पहिलो सातासम्म खेती हुने गरेको छ ।

सनपाट खेती गर्ने किसानले सनपाट निकालेर मसिनो धान रोप्ने गरेका छन् । मोरङमा रोप्न बाँकी रहेको जग्गा भनेको सनपाट खेती रहेको जग्गा हो ।

कृषि ज्ञान केन्द्र मोरङका अनुसार जिल्लामा १ हजार ४ हेक्टर क्षेत्रफलमा जुट (सनपाट) खेती हुने गरेको छ ।

प्रकाशित समय: मङ्गलबार २१ साउन, २०८२, ०५:५८:०३
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे चार मन्त्रीलाई बर्खास्त
बुधबार ३१ असार, २०८३
पुष्पकमल दाहाल श्रीलंका प्रस्थान
बुधबार ३१ असार, २०८३
कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै
बुधबार ३१ असार, २०८३
हामी युवाले बाल सुधार गृहलाई प्रदान गर्‍यो सिटी सफारी र स्टेशनरी सामग्री
बुधबार ३१ असार, २०८३
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, ३१ प्रतिशत शरीर जल्यो
बुधबार ३१ असार, २०८३
सिंहदरबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्दा अनेरास्ववियु अध्यक्षसहित ७ जना पक्राउ
बुधबार ३१ असार, २०८३
कर्णाली प्रदेश सरकारबाट कांग्रेसका सबै मन्त्रीको सामूहिक राजीनामा
बुधबार ३१ असार, २०८३
सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल राख्दै अखिलको विरोध
बुधबार ३१ असार, २०८३
पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
मङ्गलबार ३० असार, २०८३
विराटनगरको सौर्य सहकारीका सञ्चालक पवन झा पक्राउ
मङ्गलबार ३० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०