अब मुस्ताङमा आफूखुसी बोटबाट स्याउ टिप्न नपाइने !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २० साउन, २०८२
१ वर्षअघि

मुक्तिनाथ । अब मुस्ताङमा आफूखुसी बोटबाट स्याउ टिप्न नपाइने भएको छ ।

मुस्ताङको प्रमुख उत्पादन स्याउ टिप्ने पूरानै समय तालिकालाई कायम गरिएको हो ।

स्वादिलो र अर्गानिक स्याउका रूपमा पहिचान बनाएको मुस्ताङबाट काँचो स्याउ बजारमा लैजाँदा पहिचान गुम्ने भन्दै जात र गुणको आधारमा बजारमा पठाउने तालिकालाई कार्यान्वयन गर्न कृषकलाई अनुरोध गरिएको छ ।

आकार र प्रकारका हिसाबले पनि गुणस्तरयुक्त रहेको मुस्ताङमा छिटो पाक्ने जातलाई पहिले र ढिलो पाक्ने जातलाई पछि टिपेर बजार पठाउने तालिका बनाइएको कृषि ज्ञान केन्द्र मुस्ताङका सूचना अधिकारी शिव गणेश चौधरी कुर्मीले बताए ।

सूचना अधिकारी कुर्मीले भने, ‘‘व्यापारीले बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्दै समयतालिकाले काम गरेको छ, हामीले काँचो स्याउ लैजादाँ कृषकलाई मात्रै होइन जिल्लालाई नै असर गर्छ भन्ने सन्देश प्रवाह गरेका छौँ ।’’

उच्च घनत्वको गाला प्रजातिका स्याउ आगामी भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको असोज १ गतेदेखि टिप्ने समय तालिकालाई नै यथावत राखिएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले बताइन् ।

प्रमुख गुरूङले समयभन्दा अगावै स्याउ टिपेर बजार लैजाने प्रचलनले स्याउको गुणस्तर र बोटको आयु समेत घट्ने भएकाले कार्यतालिकालाई अनिवार्य गरिएको बताइन् ।

अघिल्लो वर्ष बनाइएको स्याउ टिप्ने समय तालिकाको कार्यान्वयनसँगै कृषकले समेत तालिका अनुसार स्याउ बजारमा लगेका थिए ।

तापक्रम वृद्धिका कारणस्याउमा छिटो गुलियो पसेकाले स्थानीय बाहेक गाला प्रजातिका स्याउ र रिङरोट जातको स्याउ टिप्ने समय अगाडी रहेको छ ।

मुस्ताङमा उत्पादित स्याउ उपयुक्त समयमा टिपेमा स्याउको स्वाद र गुणस्तर राम्रो हुने मानिन्छ ।

सबै प्रजातिका स्याउलाई एउटै समय तोक्दा छिटो पोकेका स्याउको गुणस्तरमा कमी आउने भएकाले छिटो पाकेका स्याउलाई भदौ महिनामै टिपेर बजार पठाउन पकेट क्षेत्रका कृषकको सुझाव थियो ।

यसबर्ष अनुकूल मौसमसँगै बगैँचा व्यवस्थापन, रोग कीराको समस्या कम रहेको अवस्थामा उत्पादन बढ्ने र ढुवानीमा समेत असोजपछि सहज हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

मुस्ताङमा स्थानीय स्याउ ८ सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५६६ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले ६ हजार ७८ मेट्रिक्टन स्याउ उत्पादन उत्पादन हुने लक्ष्य राखिएको छ ।

प्रति हेक्टर १०.७४ मेट्रिक्टन स्याउ उत्पादन हुन्छ ।

यसैगरी उच्च घनत्वको स्याउ खेती ६० हेक्टर क्षेत्रफलमा फैलिएकोमा ८ हजार ४ सय ९६ मेट्रिक्टन स्याउ उत्पदान हुने अनुमान गरिएको छ ।

उच्च घनत्वको स्याउ प्रति हेक्टर १८.४७ मेट्रिक्टन फल्ने छ । मुस्ताङका बगैंचामा देशभरबाट ब्यापारी बगैंचामा स्याउ नपाक्दै पेश्की लिएर समेत खरिद गर्ने गरेका छन् ।

प्रकाशित समय: सोमबार २० साउन, २०८२, ०८:५५:१९

सम्बन्धित खबर

सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?
शुक्रबार २२ साउन, २०८३
सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
शुक्रबार २२ साउन, २०८३
क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न
शुक्रबार २२ साउन, २०८३
भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
शुक्रबार २२ साउन, २०८३
कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने
शुक्रबार २२ साउन, २०८३
शनिबार पूर्वी नेपालका केही जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध
शुक्रबार २२ साउन, २०८३
राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने
शुक्रबार २२ साउन, २०८३
मेक्सिकोले एभोकाडो उत्पादन क्षेत्रमा सुरक्षा कडा बनायो
शुक्रबार २२ साउन, २०८३
भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ
शुक्रबार २२ साउन, २०८३
पूर्वसभापति देउवा साउन २६ गते स्वदेश फर्किने
बिहिबार २१ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०