पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १९ साउन, २०८२
१ वर्षअघि

साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा इस्पोर्ट्सले प्रभावशाली प्रदर्शन गर्दै समग्र तालिकामा नवौँ स्थान हासिल गर्न सफल भएको छ। फाइनल चरणको अन्तिम दिन अन्तिम खेलमा ‘चिकेन डिनर’ जितेको होराले १८ खेलमा कुल १०० अंक जोड्दै नवौँ स्थानमा स्थान बनाएको हो। यस उपलब्धिसँगै होरा इस्पोर्ट्सले विभिन्न चरणमा प्राप्त पुरस्कारसहित कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर (करिब १ करोड ७८ लाख ९७ हजार १७५ रुपैयाँ) जितेको छ।

गत शुक्रबारदेखि आइतबारसम्म सम्पन्न लिग चरणमा १३औँ स्थानमा रहँदा होराले सिधा ग्रान्ड फाइनलमा प्रवेश गर्न सकेको थिएन। लिग चरणमा शीर्ष ८ भित्र नपरेपछि उनीहरूले सर्भाइभल स्टेजमार्फत फाइनलमा स्थान बनाएका थिए। सर्भाइभल चरणमा होराले १२ खेल खेल्दै २ चिकेन डिनर सहित १०८ अंक जोडेका थिए, जसको आधारमा उनीहरू शीर्ष ८ भित्र पर्न सफल भए र ग्रान्ड फाइनलको यात्रा तय गरे। यस चरणमा पनि होराले २५ हजार डलर जितेको थियो । नेपाली टिमको यो सफलताले अन्तर्राष्ट्रिय इस्पोर्ट्स मञ्चमा नेपालको उपस्थिति अझ सशक्त बनाएको छ।

प्रकाशित समय: आईतबार १९ साउन, २०८२, २२:०२:४४

सम्बन्धित खबर

सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?
शुक्रबार २२ साउन, २०८३
सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
शुक्रबार २२ साउन, २०८३
क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न
शुक्रबार २२ साउन, २०८३
भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
शुक्रबार २२ साउन, २०८३
कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने
शुक्रबार २२ साउन, २०८३
शनिबार पूर्वी नेपालका केही जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध
शुक्रबार २२ साउन, २०८३
राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने
शुक्रबार २२ साउन, २०८३
मेक्सिकोले एभोकाडो उत्पादन क्षेत्रमा सुरक्षा कडा बनायो
शुक्रबार २२ साउन, २०८३
भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ
शुक्रबार २२ साउन, २०८३
पूर्वसभापति देउवा साउन २६ गते स्वदेश फर्किने
बिहिबार २१ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०