सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १८ साउन, २०८२
१२ महिनाअघि

सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो तीन आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय प्रगति गरेको छ । आर्थिक वर्ष (आव) २०७९–८० मा १९ लाख ६६ हजार मात्रै राजस्व सङ्कलन गरेको यस भन्सार कार्यालयले आव २०८०–८१ मा ४६ लाख ५० हजार सङ्कलन गर्न सफल भएको थियो भने गत आव २०८१–८२ मा ७० लाख ६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्दै उल्लेखनीय वृद्धि देखाएको छ । छोटी भन्सार कार्यालयका प्रमुख शम्भु केसीका अनुसार हाल मासिक सरदर ६ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भइरहेको छ । उनले भने, ‘सामान्यतः खाद्यान्न, किराना सामग्री, मेलापर्वका लागि आवश्यक सामग्री, खेलौना र सजावटका वस्तुहरू यो भन्सार नाका भएर आयात हुने गरेका छन् । ’राजस्व वृद्धिको पछाडि सीमावर्ती व्यापारिक गतिविधिको विस्तार, चेकपोइन्ट व्यवस्थापनमा सुधार र आयातकर्ताको सक्रियताजस्ता कारण रहेको प्रमुख केसीको भनाइ छ । भारतसँग सीमा जोडिएको सिरहा जिल्लामा यो छोटी भन्सारले गाउँस्तरको सस्तो तथा दैनिक प्रयोगका सामग्री भित्र्याउन सहजता प्रदान गर्दै आएको छ ।

त्यस्तै, स्थानीय व्यवसायीहरूले भन्सारको सेवा प्रवाहमा भएको सुधार र सहज प्रक्रियाले व्यवसायमैत्री वातावरण बनाएको बताएका छन् । स्थानीय व्यापारी मुकेशकुमार यादवले भने, ‘पहिला सामान ल्याउँदा धेरै झन्झट थियो, अहिले प्रक्रिया छरितो छ र राजस्व बुझाएर सहजै सामग्री ल्याउन सकिन्छ । ’भन्सार प्रमुख केसीले आगामी महिनामा राजस्व सङ्कलन अझ बढ्ने विश्वास व्यक्त गरे । ‘चाडपर्व नजिकिँदै छ, जसका कारण व्यापारिक गतिविधि झनै बढ्नेछ । त्यसअनुसार राजस्व सङ्कलन पनि उच्च हुने अपेक्षा गरेका छौँ,’ उनले भने । भारतसँग सिमाना जोडिएको यस जिल्लामा माडर र ठाडी गरी दुईवटा मूल भन्सार रहेका छन् भने एउटा छोटी भन्सार सञ्चालनमा रहेको छ ।

प्रकाशित समय: शनिवार १८ साउन, २०८२, १०:१६:३९

सम्बन्धित खबर

प्रधानमन्त्री शाह र राप्रपा नेताहरूबीच भेटवार्ता

बिहिबार ३२ असार, २०८३
९ घण्टाअघि

घुस लिएको आरोपमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद

बिहिबार ३२ असार, २०८३
१० घण्टाअघि

अब क्षेत्रअनुसार न्यूनतम पारिश्रमिक तोकिने तयारी

बिहिबार ३२ असार, २०८३
११ घण्टाअघि

कोशी सरकारबाट पनि बाहिरिँदै कांग्रेस, चार मन्त्रीले राजीनामा दिने

बिहिबार ३२ असार, २०८३
१२ घण्टाअघि

फल्कल्याण्ड टापुको ब्यानर प्रदर्शनपछि अर्जेन्टिनामाथि फिफा कारबाहीको सम्भावना

बिहिबार ३२ असार, २०८३
१४ घण्टाअघि

उपराष्ट्रपतिले गरे कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण

बिहिबार ३२ असार, २०८३
१५ घण्टाअघि
प्रधानमन्त्री शाह र राप्रपा नेताहरूबीच भेटवार्ता
बिहिबार ३२ असार, २०८३
घुस लिएको आरोपमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद
बिहिबार ३२ असार, २०८३
सरकारसँग संवाद प्रभावकारी बनाउन मिटरब्याज पीडितको वार्ता टोली गठन
बिहिबार ३२ असार, २०८३
अब क्षेत्रअनुसार न्यूनतम पारिश्रमिक तोकिने तयारी
बिहिबार ३२ असार, २०८३
कोशी सरकारबाट पनि बाहिरिँदै कांग्रेस, चार मन्त्रीले राजीनामा दिने
बिहिबार ३२ असार, २०८३
फल्कल्याण्ड टापुको ब्यानर प्रदर्शनपछि अर्जेन्टिनामाथि फिफा कारबाहीको सम्भावना
बिहिबार ३२ असार, २०८३
उपराष्ट्रपतिले गरे कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
बिहिबार ३२ असार, २०८३
सप्तकोशीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए
बिहिबार ३२ असार, २०८३
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
बिहिबार ३२ असार, २०८३
कोशीमा धान रोपाइँ सुस्त, असारको अन्त्यसम्म ५५ प्रतिशत मात्रै सम्पन्न
बिहिबार ३२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०