मेचीनगरमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा १७ जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ साउन, २०८२
१ वर्षअघि

एजेन्सी । मेचीनगर नगरपालिका–९ स्थित खुट्टिडाँगीमा विद्यार्थी बोकेको स्कुल भ्यान आज सडकबाट अनियन्त्रित भई पल्टिँदा चालकसहित १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मे१ज ३१०७ नम्बरको पारिजात पब्लिक स्कुलको विद्यार्थीवाहक भ्यान आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना भएको भ्यान सानो भए पनि त्यसमा भरिभराउ विद्यार्थीले यात्रा गरिरहेका थिए । भ्यानले विद्यार्थी बोकेर स्कुलतर्फ लगिरहेको बेला दुर्घटना भएको थियो । दुर्घटनापछि भ्यान सडकबाट पल्टिएर खोल्सामा पुगेको थियो । घाइतेहरूमा छ वर्षीया सबिस्का राई, चार वर्षीया समिरा विशुङ्खे, १० वर्षीय आदित्य राई, ११ वर्षीया सदीक्षा काफ्ले, ११ वर्षीय सोहित राजवंशी, ११ वर्षीय आयान सुब्बा, ११ वर्षीय अनुराग तामाङ, १२ वर्षीया कृष्पा राई, १२ वर्षीय संयोग विशुङ्खे, १२ वर्षीया आयानी विक, ११ वर्षीय प्रनिस राई, नौ वर्षीय समर्पण राई, छ वर्षीया सुसीता किसान, छ वर्षीय तानसोना लिम्बू र नौ वर्षीय अङ्गु मगर रहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा शिक्षक २४ वर्षीया प्रिती शिवा र चालक ४५ वर्षीय गणेश श्रेष्ठसमेत घाइते भएका छन् । सबै घाइतेहरूलाई उपचारका लागि मेची आम्दा हस्पिटल पुर्‍याएको थियो । चिकित्सकको सुझावअनुसार अधिकांश घाइतेलाई थप उपचारका लागि विर्तामोडको बीएण्डसी टिचिङ हस्पिटलमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनालगत्तै धुलाबारी इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डव राजवंशीको नेतृत्वमा प्रहरी टोली दुर्घटना स्थलमा पुगेको थियो । दुर्घटना भएको भ्यान प्रहरीले नियन्त्रणमा राखेको छ । भ्यानको अग्रभाग कुच्चिएको छ । घाइते सबै खतरामुक्त अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

Advertisement
प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०