पूर्वसचिव पोखरेलमाथि आरोप- ‘५ लाख, वनकुखुरा र अरिंगाल खाए, काम गरिदिएनन्’

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ साउन, २०८२
१२ महिनाअघि

हाल अवकाश भइसकेका भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव अर्जुन पोखरेलले समेत पोखरा लिचीबारीको जग्गा रजिष्ट्रेशन गरिदिने भनी पाँच लाख रुपैयाँ लिएको खुलेको छ ।

निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो रेकर्ड गर्ने व्यक्तिले अख्तियारमा गएर केही अनुसन्धान अधिकारीहरूसँग सचिव पोखरेललाई रानीबारीस्थित उनकै घरमै पुगेर पाँच लाख रुपैयाँ बुझाएको बताएका छन् ।

अडियो रेकर्ड गर्ने व्यक्ति, घुस प्रकरणबारे अनुसन्धान गरिरहेको अख्तियारको टोली एवं भूमी व्यवस्था मन्त्रालय सम्बद्ध स्रोतका अनुसार, भूमीमन्त्री बलराम अधिकारीलाई बारम्बार भेट्न जाँदा अडियो रेकर्ड गर्ने व्यक्तिको सचिव पोखरेलसँग समेत भेट भएको थियो ।

‘त्यत्तिकै कसैले पनि काम गर्दैन, साँच्चै काम गराउने हो भने कर्मचारीहरूको चित्त बुझाउनुपर्छ भनेर सचिवले पैसा माग्नुभएको रहेछ,’ भूमी व्यवस्था मन्त्रालय स्रोतले भन्यो, ‘त्यसपछि मन्त्रालयमै काम गर्ने एक कर्मचारीलाई साथमा लिएर ती व्यक्तिले रानीबारीस्थित सचिव पोखरेललाई घरमै पुगेर ५ लाख दिएका रहेछन् ।’

त्यतिबेला उनले ग्रिनफिल्ड नामको मदिरासमेत सचिव पोखरेलको घरमा पुर्‍याएका थिए ।

आफूले अरूसँग पैसा नबुझ्ने भन्दै सचिव पोखरेलले मन्त्रालयकै एक अधिकृतलाई रकम दिन अह्राएका थिए । र कर्मचारीले घरभित्र पुगेर त्यो रकम दिएको स्रोतको दाबी छ । उक्त स्रोतका अनुसार, लेनदेन हुँदा अडियो रेकर्ड गर्ने व्यक्ति उनको कम्पाउण्ड बाहिर थिए ।

त्यसबाहेक नयाँपुलको होटल हाइवेमा बैंकिङ क्यूआरमार्फत करिब १५ हजार रुपैयाँ भुक्तानी भएको छ । अडियो रेकर्ड गर्ने व्यक्तिले अख्तियारका अनुसन्धान अधिकारीहरूलाई बताए अनुसार, आफू बिरामी भएको भन्दै सचिव पोखरेलले पोखराबाट तागतदार खानेकुरा मगाएका थिए ।

नयाँपुलको त्यो होटलबाट सचिव पोखरेललाई २ वटा वनकुखुरा, करिब आधा किलो अरिंगालको प्याकेट घरमै पुर्‍याएका थिए । सचिव पोखरेललाई आफूले गरेको खर्च र लगानीबारे समेत ती व्यक्तिले अडियो रेकर्ड राखेको दाबी गरेका छन् ।

सचिव पोखरेलले मालपोत कार्यालय, कास्कीमा प्रमुख मालपोत अधिकृत चिरञ्जिवी पौडेल सरुवा भएर आएपनि फरक नपर्ने भन्दै ‘उसलाई आफूले भनिदिने र लिचीबारीको सबै काम गरिदिने’ आश्वासन दिएका थिए । अडियो रेकर्ड गर्ने व्यक्तिले भने, ‘त्यही काम होला कि भनेर सचिवलाई पनि खुसी बनाएको हुँ ।’

अदालतको फैसला कार्यान्वयन हुनुपर्ने र त्यसअनुसार पोखरा बाटुलेचौरको लिचीबारीको जग्गा आफ्नो नाममा हुनुपर्ने भनी शाह परिवारले मालपोत कार्यालयमा निवेदन दिएको थियो । त्यससम्बन्धी केही प्रक्रिया अघि बढाएपछि मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारी लमजुङमा सरुवा भए ।

त्यसपछि सरुवा भएर आएका प्रमुख मालपोत अधिकृत चिरञ्जिवी पौडेललाई ‘निर्णय गर्न भनिदिने’ आश्वासनका साथ सचिव पोखरेलले रकम लिएको अडियो रेकर्ड गर्ने ती व्यक्तिको दाबी छ ।

तर, अर्कैको लगानीमा कास्की मालपोतमा सरुवा भएका पौडेलले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई ७० लाख रुपैंया रुपैयाँ बुझाएको अश्लील संवादयुक्त अडियो सार्वजनिक भएको छ । त्यसपछि मालपोत कार्यालय, कास्कीका प्रमुख पौडेलले कुनै निर्णय नगरेपछि उनलाई सरुवा गराउन अडियो रेकर्ड गर्ने व्यक्तिले मन्त्री अधिकारीलाई रकम बुझाएका थिए । त्यसपछि शृङ्खलाबद्ध रूपमा अडियो बाहिरिएको थियो ।

प्रकाशित समय: बिहिबार १६ साउन, २०८२, १९:३८:२६
मोरङकाे रंगेलीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
बुधबार ३१ असार, २०८३
कोशी सरकारको निर्णय कार्यान्वयन: कृषि मन्त्रालयमा हप्तामा दुई दिन स्थानीय पोसाक अनिवार्य
बुधबार ३१ असार, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे चार मन्त्रीलाई बर्खास्त
बुधबार ३१ असार, २०८३
पुष्पकमल दाहाल श्रीलंका प्रस्थान
बुधबार ३१ असार, २०८३
कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै
बुधबार ३१ असार, २०८३
हामी युवाले बाल सुधार गृहलाई प्रदान गर्‍यो सिटी सफारी र स्टेशनरी सामग्री
बुधबार ३१ असार, २०८३
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, ३१ प्रतिशत शरीर जल्यो
बुधबार ३१ असार, २०८३
सिंहदरबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्दा अनेरास्ववियु अध्यक्षसहित ७ जना पक्राउ
बुधबार ३१ असार, २०८३
कर्णाली प्रदेश सरकारबाट कांग्रेसका सबै मन्त्रीको सामूहिक राजीनामा
बुधबार ३१ असार, २०८३
सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल राख्दै अखिलको विरोध
बुधबार ३१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०