वीरेन्द्रनगरका १४ वडामा ३५५ सीसीटिभी क्यामेरा जडान गरिँदै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ साउन, २०८२
१ वर्षअघि

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा ३५५ वटा सीसीटिभी क्यामेरा जडान गर्न लागिएको छ । वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा वीरेन्द्रनगरका १–१४ नम्बर वडाका विभिन्न क्षेत्रमा ३५५ वटा क्यामेरा जडान गर्न लागिएको हो ।

सीसीटिभी क्यामेरा जडानका लागि तीनै पक्ष (नगरपालिका, टेलिकम र जिल्ला प्रहरी) बीच बिहीबार सम्झौता भएको छ । सम्झौताअनुसार पहिलो चरण ६ महिनाभित्र १०५ वटा क्यामेरा जडान गरिसक्नुपर्ने छ । बाँकी २५० क्यामेरा चालु आर्थिक वर्षभित्रै जडान गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

Advertisement

नगरपालिकाका अनुसार वडा नम्बर १ मा २४, वडा नम्बर २ मा ११, वडा नम्बर ३ मा ३२, वडा नम्बर ४ मा ५, वडा नम्बर ५ मा ९, वडा नम्बर ६ मा ८, वडा नम्बर ७ मा २२, वडा नम्बर ८ मा १६, वडा नम्बर ९ मा १४, वडा नम्बर १० मा १२, वडा नम्बर ११ मा ९, वडा नम्बर १२ मा २६, वडा नम्बर १३ मा ५ र वडा नम्बर १४ मा २ वटा क्यामेरा जडान गर्न लागिएको हो ।

बाँकी बुलबुले, पिपलचौतारा लगायतका धेरै चहलपहल हुने क्षेत्रमा जडान गर्न लागिएको नगरपालिकाले जनाएको छ । जडान गरिएको सीसीटिभी नेटवर्क, वाइफाई हटस्पटमा नेपाल टेलिकमको एफटीटीएच अप्टिकल फाइबर प्रयोग गर्नेगरी सम्झौता भएको छ । वडा, राजमार्ग तथा पर्यटकीय क्षेत्रलाई सीसीटीभी क्यामेराले समेट्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताअनुसार क्यामेरा तथा वाइफाई हटस्पट जडानका लागि पहिलो पक्ष (नगरपालिका) ले आवश्यक भौतिक पूर्वाधारहरू पोल तथा अन्य सामग्री, विद्युत आपूर्ति, स्वीच, राउटर, केवल, क्यामेरा, एनभीआर लगायतका उपकरणहरुको व्यवस्थापन गर्नेछ ।

दोस्रो पक्ष (टेलिकम) ले क्यामेराका लागि फाइबर नेटवर्कमार्फत केनेक्टिभिटी उपलब्ध गराउने उल्लेख छ । जडान गरिएका क्यामेरा तथा उपकरणहरूको सुरक्षाको जिम्मा तेस्रो पक्ष (प्रहरी) ले लिनुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

पहिलो चरणमा १०५ वटा क्यामेरा जडान गर्नका लागि ११ लाख ६९ हजार ५०० रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ। यो रकम नगरपालिकाले ब्यहोर्नेछ। बाँकी क्यामेरा जडानका लागि नगरपालिकाले नै थप लागत ब्यहोर्ने छ ।

दोस्रो चरणमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै थप क्यामेरा जडान गरिनेछ। वीरेन्द्रनगरमा बढ्दो जनसङ्ख्याका थपिएका चुनौती, लागूओैषध, सडक दुर्घटना तथा अन्य आपराधिक गतिविधिलाई मध्यनजर राख्दै क्यामेरा जडान गर्न थालिएको वीरेन्द्रनगरका प्रमुख मोहनमाया ढकालले बताइन् ।

‘हामीले वीरेन्द्रनगर सहरलाई व्यवस्थित र सुरक्षित बनाउनु छ, सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर क्यामेरा जडान गरी प्रहरीलाई सहयोग गर्ने पनि उद्देश्य हो,’ उनले भनिन्, ‘वीरेन्द्रनगर, सुन्दर, सुरक्षित र पर्यटकीय लगाएतका सुशासनयुक्त नगरका रुपमा विकास गर्न चाहन्छौँ ।’

सहरी सुरक्षा, अनुशासन, अमनचयन कायम गराउनका लागि जडान गरिने सीसीटिभी क्यामेरा सञ्चालनका लागि निरन्तरता दिइने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक कमल लामिछानेले बताए । उनले सहरी क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई नियन्त्रण गर्न यसबाट सहयोग पुग्ने बताए ।

नगरपालिकाले थालेको यो कार्यले शान्ति, सुरक्षा, अमनचयन निरन्तर राख्न प्रहरीलाई सघाउ पुग्ने सुर्खेत प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०