मधेशका पूर्वप्रमुख झालाई बलात्कार मुद्दामा थुनामा पठाउने आदेश

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ साउन, २०८२
१२ महिनाअघि

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई बलात्कार मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको छ।

झाविरूद्ध मंगलबार दर्ता भएको मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

घरमा एक्लै भएको समयमा बोलाएर सहयोगीका रुपमा रहेकी एक युवतीलाई जबरजस्ती पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो ।

२०८१ फागुन ३ गते परेको जबरजस्ती करणीसम्बन्धी जाहेरीका आधारमा उनलाई यही साउन ४ गते काठमाडौंबाट पक्राउ गरिएको थियो ।

उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ देखि १० वर्षसम्मको सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले दफा २१९ कै उपदफा (३ क) को खण्ड ग बमोजिम प्रतिवादी अहिराजसँग ३ लाख रुपैयाँ जरिवानाको माग दाबी गरेको थियो ।

२०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुख बनेका झाविरुद्ध परिवर्तित नाम २६ परिसर ३२ (०८१-०८२) ले जबरजस्ती करणी आरोपमा जाहेरी दिएकी थिइन्।

झाले आफूलाई राष्ट्रवादी र मधेशवादी अभियन्ताका रुपमा चिनाउँदै आएका थिए । उनीविरुद्ध घटनाका समयमा नाबालिक रहेकी पीडितले जबरजस्ती करणी आरोपमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरएको थियो। तर उनी भागेर भारत गएको खुलेको थियो ।

त्यसबेला परेको जाहेरीमा डा. झाले घरमै सहयोगीका रुपमा राखिएकी एक नाबालिगलाई १७ वर्षको उमेरबाटै शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको थियो ।

१७ वर्ष भनेको कानुनअनुसार नाबालिकमा पर्छ । यदि सहमतिमै शारीरिक सम्बन्ध भएको पुष्टि भए पनि कानुनले बलात्कार ठहर गर्छ ।

प्रहरीका अनुसार ती पीडित सबैभन्दा पहिले राष्ट्रिय महिला आयोगमा गुहार माग्न पुगेकी थिइन् । त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर लगिएको थियो ।

अधिकारकर्मीको सहयोगमा पीडित भनिएकी युवतीले २०८१ माघ १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । त्यसपछि यस प्रकरणमा महिला तथा बालबालिका सेवा केन्द्रले अनुसन्धान थालेको हो । त्यो जाहेरी २०८१ फागुन ३ गते प्रहरी परिसरमा दर्ता भएको थियो ।

प्रकाशित समय: बुधबार १५ साउन, २०८२, १७:५५:३३

सम्बन्धित खबर

दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालतको आदेश

शुक्रबार १ साउन, २०८३
१ घण्टाअघि

प्रधानमन्त्री शाह र राप्रपा नेताहरूबीच भेटवार्ता

बिहिबार ३२ असार, २०८३
१९ घण्टाअघि

घुस लिएको आरोपमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद

बिहिबार ३२ असार, २०८३
२० घण्टाअघि

अब क्षेत्रअनुसार न्यूनतम पारिश्रमिक तोकिने तयारी

बिहिबार ३२ असार, २०८३
२१ घण्टाअघि

कोशी सरकारबाट पनि बाहिरिँदै कांग्रेस, चार मन्त्रीले राजीनामा दिने

बिहिबार ३२ असार, २०८३
२२ घण्टाअघि

फल्कल्याण्ड टापुको ब्यानर प्रदर्शनपछि अर्जेन्टिनामाथि फिफा कारबाहीको सम्भावना

बिहिबार ३२ असार, २०८३
२४ घण्टाअघि
रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेस्की विरुद्ध विरोध प्रदर्शन
शुक्रबार १ साउन, २०८३
दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालतको आदेश
शुक्रबार १ साउन, २०८३
प्रधानमन्त्री शाह र राप्रपा नेताहरूबीच भेटवार्ता
बिहिबार ३२ असार, २०८३
घुस लिएको आरोपमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद
बिहिबार ३२ असार, २०८३
सरकारसँग संवाद प्रभावकारी बनाउन मिटरब्याज पीडितको वार्ता टोली गठन
बिहिबार ३२ असार, २०८३
अब क्षेत्रअनुसार न्यूनतम पारिश्रमिक तोकिने तयारी
बिहिबार ३२ असार, २०८३
कोशी सरकारबाट पनि बाहिरिँदै कांग्रेस, चार मन्त्रीले राजीनामा दिने
बिहिबार ३२ असार, २०८३
फल्कल्याण्ड टापुको ब्यानर प्रदर्शनपछि अर्जेन्टिनामाथि फिफा कारबाहीको सम्भावना
बिहिबार ३२ असार, २०८३
उपराष्ट्रपतिले गरे कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
बिहिबार ३२ असार, २०८३
सप्तकोशीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए
बिहिबार ३२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०