बेपत्ता भएका परिवारका सदस्यहरू शुक्रबार साँझ अटो चढेर ग्वालटारबाट फर्किएका थिए

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ साउन, २०८२
१२ महिनाअघि

 सिन्धुलीको गालन्जोर–६ बाट बेपत्ता भएका परिवारका सदस्यहरू गत शुक्रबार साँझ अटो चढेर ग्वालटारबाट घर छेउसम्म पुगेको पाइएको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसालका अनुसार, गत शुक्रबार साँझ ५ बजेर १९ मिनेटमा अटो चालकसँग उक्त परिवारका एक सदस्यले कुराकानी गरिएको भेटिएको हो ।

‘शुक्रबार ५ बजेर १९ मिनेट जाँदा ग्वालटार बजारबाट अटो ड्राइभरसँग कुरा भएको देखिन्छ,’ सीडीओ भुसालले भने, ‘बजारबाट उनीहरूको घर जाने ठाउँमा लगेर छाडिदिएको भन्ने कुरा उहाँले भन्नुभएको छ ।’

चालकका अनुसार, उनीहरू सडकबाट घरतर्फ लागेका थिए । ग्वालटार पालिकाको केन्द्र हो । अघिपछि केही किनमेलका लागि पनि उक्त परिवारसहितका सदस्यले सोही बजार प्रयोग गर्ने गर्छन् ।

अहिले प्रहरी र सीडीओसहितका अधिकारीहरूले अटो चालकसँग थप बुझ्ने काम गरिरहेको छ ।

यद्यपि कुनै थप जानकारी भने आएको छैन ।

गत बिहीबार राज्यबाट प्राप्त हुने भत्ता एकैसाथ बैंकबाट बुझेका उनीहरू शनिबारयता बेपत्ता भएका हुन् । छिमेकीहरूले तीन दिनसम्म पनि नदेखेपछि स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए ।

केहीदिन अघि विदेशबाट आएका थिए जेठा छोरा

हायू संघका केन्द्रीय अध्यक्ष लक्ष्मण हायूका अनुसार, उक्त परिवारका जेठा छोरा राजु हायू केही दिनअघिमात्रै विदेशबाट घर फर्किएका थिए ।

एकान्तमा घर भएका कारणले छिमेकीसँग कुनै पनि रिसराग नभएको उनी बताउँछन् ।

यद्यपि, पोखरामा पनि एकजना छोरी बस्ने गरेको उनले बताए । ‘पोखरामा पनि छोरी ज्वाइँ बस्नुहुन्छ । छोरी सिन्धुली आउजाउ गरिरहेको भन्ने थाहा पाएका छौं,’ उनले भने ।

पोखरामा बस्ने ज्वाइँको नाम समीर तामाङ रहेको उनी बताउँछन् । यद्यपि पोखरामा बस्ने सुनिएको भए पनि आधिकारिक ठेगाना कहाँ भन्नेबारे थाहा नभएको उनले बताए ।

सीडीओ भुसालका अनुसार अहिले एसपीको कमाण्डमा नेपाल प्रहरीको टोली खोजी कार्यमा खटिएको छ । सशस्त्र प्रहरीको टोली पनि खटाइएको उनले बताए ।

यसबारे गृह मन्त्रालयमा निरन्तर रिपोर्टिङ भइरहेको सीडीओ भुसाल बताउँछन् ।

खुर्कोटको बैंकबाट लिएका थिए भत्ता

वडा अध्यक्ष रविन कुमार श्रेष्ठका अनुसार, प्रतिमहिना ३ हजार ९ सय ९० का दरले उनीहरूले गत बिहीबार भत्ता लिएका थिए ।

१ लाख ९१ हजार ५ सय २० रुपैयाँ सो दिन उनीहरूले बुझेकाको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उनीहरूले गोलन्जर गाउँपालिका–७, खुर्कोटमा रहेको हिमालयन बैंकबाट भत्ता बुझेको वडा कार्यालयले जनाएको छ ।

गोलन्जगर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका परिवारको अर्का एक सदस्य तीन वर्षअघि यसैगरी बेपत्ता भएको खुलेको छ ।

१६ जनाको परिवारसहित हराइरहेकी उर्मिला हायूका श्रीमान् सने हायू पनि तीन वर्षअघि बेपत्ता भएको र पछि जंगलमा हाडखोर भेटिएको एक स्थानीयले जानकारी दिए ।

स्थानीयबासी तथा शिक्षक सुमन कोइरालाका अनुसार सने हायू करिब तीन वर्षअघि घरबाटै बेपत्ता भएका थिए ।

खोजी गर्दा कतै नभेटिएका हायूको हाडखोर केही महिनाको अन्तरालमा नजिकैको जंगलमा भेटिएको थियो ।

प्रकाशित समय: सोमबार १३ साउन, २०८२, १८:१८:०६

सम्बन्धित खबर

प्रधानमन्त्री शाह र राप्रपा नेताहरूबीच भेटवार्ता

बिहिबार ३२ असार, २०८३
२ घण्टाअघि

घुस लिएको आरोपमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद

बिहिबार ३२ असार, २०८३
३ घण्टाअघि

अब क्षेत्रअनुसार न्यूनतम पारिश्रमिक तोकिने तयारी

बिहिबार ३२ असार, २०८३
४ घण्टाअघि

कोशी सरकारबाट पनि बाहिरिँदै कांग्रेस, चार मन्त्रीले राजीनामा दिने

बिहिबार ३२ असार, २०८३
५ घण्टाअघि

फल्कल्याण्ड टापुको ब्यानर प्रदर्शनपछि अर्जेन्टिनामाथि फिफा कारबाहीको सम्भावना

बिहिबार ३२ असार, २०८३
७ घण्टाअघि

उपराष्ट्रपतिले गरे कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण

बिहिबार ३२ असार, २०८३
८ घण्टाअघि
प्रधानमन्त्री शाह र राप्रपा नेताहरूबीच भेटवार्ता
बिहिबार ३२ असार, २०८३
घुस लिएको आरोपमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद
बिहिबार ३२ असार, २०८३
सरकारसँग संवाद प्रभावकारी बनाउन मिटरब्याज पीडितको वार्ता टोली गठन
बिहिबार ३२ असार, २०८३
अब क्षेत्रअनुसार न्यूनतम पारिश्रमिक तोकिने तयारी
बिहिबार ३२ असार, २०८३
कोशी सरकारबाट पनि बाहिरिँदै कांग्रेस, चार मन्त्रीले राजीनामा दिने
बिहिबार ३२ असार, २०८३
फल्कल्याण्ड टापुको ब्यानर प्रदर्शनपछि अर्जेन्टिनामाथि फिफा कारबाहीको सम्भावना
बिहिबार ३२ असार, २०८३
उपराष्ट्रपतिले गरे कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
बिहिबार ३२ असार, २०८३
सप्तकोशीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए
बिहिबार ३२ असार, २०८३
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
बिहिबार ३२ असार, २०८३
कोशीमा धान रोपाइँ सुस्त, असारको अन्त्यसम्म ५५ प्रतिशत मात्रै सम्पन्न
बिहिबार ३२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०