‘श्रम संसार’ पोर्टललाई थप सुधार गरेर सञ्चालन गर्छौँ : श्रममन्त्री भण्डारी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ साउन, २०८२
९ महिनाअघि

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन पोर्टल ‘श्रम संसार’ पोर्टललाई थप सुधार गरेर वैदेशिक रोजगारलाई व्यवस्थित गरिने बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा श्रम संसार पोर्टलको थप सुधारका विषयमा जानकारी दिँदै मन्त्री भण्डारीले पोर्टलमा आपत्कालीन सहायताको व्यवस्थाबारे गरिने जानकारी दिए ।  श्रम संसार पोर्टलमा वैदेशिक रोजगारका क्रममा उद्घारको ‘मोड्युल’ तयारबारे उनले बताए।

श्रम संसारमा कन्सुलर सेवासहित विस्तार गरिएकाले विदेशी भूमिमा नेपालीलाई थप सुविधा उपलब्ध भएको मन्त्री भण्डारीले बताए।

‘यस पोर्टलमा ‘च्याट बट’को  व्यवस्था गर्दैछौँ । प्रयोगलाई थप सरल र सहज बनाउनका लागि विकल्पका रूपमा प्रयोगकर्ताले बोलेर पनि सेवा लिन सक्नुहुनेछ’, उनले भने, ‘अहिले सामाजिक सञ्जालमा उद्घारका लागि याचना गरिरहनु भएकाले यस पोर्टलमा फोटो र भिडियो राख्नसक्नुहुन्छ । उहाँहरू कहाँ हुनुहुन्छ त्यस ठेगाना तुरुन्त पत्ता लगाउन सक्नेगरी यसमा सुधारको काम हुँदै छ ।’

कार्यक्रममा मन्त्री भण्डारीले यस पोर्टलले बेरोजगार व्यक्तिलाई शिक्षा, सीप  तथा दक्षता अभिवृद्धिका लागि सहयोग गर्ने बताए। उनले एकीकृत श्रम व्यवस्थापन पोर्टल श्रम संसारले रोजगारदाता (व्यक्ति वा प्रष्ठिान)लाई श्रमिकसँग जोडनका साथै स्वरोजगारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार यसले स्वरोजगारलाई समेत प्रवर्द्धन गर्नेछ ।

सोही कार्यक्रममा मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बद्ध सेवाहरूलाई ‘डिजिटल’ प्रविधिमा रूपान्तरण गर्ने गरी रणनीतिक कार्ययोजनाबारे समेत चर्चा गरे।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले आन्तरिक रोजगारको ‘रोडम्याप’ बनाउने काममा आयोग लागिपरेको बताए । उनले ‘डिजिटल डिभाइट’बारे स्मरण गराउँदै पोर्टलको प्रयोग सबैले गर्न सक्ने बनाउनुपर्नेतर्फ पनि सचेत गराए।

यस पोर्टलमा अहिलेसम्म देशभरका ६८९ पालिका आबद्ध भएको मन्त्रालयले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा व्यवस्थापनका लागि डिजिटलाइजेसन कार्ययोजना (मस्यौदा)बारे मन्त्रीको श्रम विज्ञ सल्लाहाकार युवराज बस्नेतले चर्चा गरे। उनले पोर्टलमा स्वास्थ्य परीक्षण र अभिमुखीकरण, आर्टिफिसियल इन्टेलिजेन्स र वैदेशिक रोजगारका क्रममा उद्घारको मोडयुल तयार भएको जानकारी दिए ।

मन्त्रालयअन्तर्गतको आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाले पोर्टलले श्रम बजारका सूचना अद्यावधिक र एकीकृत श्रम तथा रोजगार तथ्यांक व्यवस्थापन गर्ने बताए।

प्रकाशित समय: सोमबार १३ साउन, २०८२, १७:२३:०६

सम्बन्धित खबर

कांग्रेसमा पहिलोपटक जनजाति नेता दलको नेतृत्वमा

सोमबार १४ ब‌ैशाख, २०८३
६ घण्टाअघि

संविधान र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल

सोमबार १४ ब‌ैशाख, २०८३
७ घण्टाअघि

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय

सोमबार १४ ब‌ैशाख, २०८३
७ घण्टाअघि

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित

सोमबार १४ ब‌ैशाख, २०८३
८ घण्टाअघि

सशस्त्र प्रहरीको आईजीपी नारायणदत्त पौडेल नियुक्त

सोमबार १४ ब‌ैशाख, २०८३
८ घण्टाअघि

सुकुमबासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

सोमबार १४ ब‌ैशाख, २०८३
९ घण्टाअघि
कांग्रेसमा पहिलोपटक जनजाति नेता दलको नेतृत्वमा
सोमबार १४ ब‌ैशाख, २०८३
संविधान र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल
सोमबार १४ ब‌ैशाख, २०८३
सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय
सोमबार १४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित
सोमबार १४ ब‌ैशाख, २०८३
सशस्त्र प्रहरीको आईजीपी नारायणदत्त पौडेल नियुक्त
सोमबार १४ ब‌ैशाख, २०८३
सुकुमबासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
सोमबार १४ ब‌ैशाख, २०८३
नीशा अधिकारीको प्रस्ताव– रञ्जु दर्शनालाई गृहमन्त्री बनाउ
सोमबार १४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बेको नाम प्रस्ताव
सोमबार १४ ब‌ैशाख, २०८३
सङ्खुवासभामा विद्यालयमै प्रधानाध्यापक कुटपिट, दुई शिक्षक पक्राउ
सोमबार १४ ब‌ैशाख, २०८३
स्थानीयसँग विवादमा उत्रिएका सशस्त्रका डिएसपी हमाल छिन्नमस्ता बाहिनी तानिए
सोमबार १४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०