डा.यादवले पैसा तिर्ने औकात छैन भनेपछि गोल्डेन हस्पिटलमा तोडफोड !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ साउन, २०८२
९ महिनाअघि

विराटनगर । विराटनगर महानगरपालिका–११ जनपथ टोलमा रहेको गोल्डेन हस्पिटलमा बिरामीका आफन्तले तोडफोड गरेका छन् ।

पानीमा डुबेकी बालिकालाई सुरुमा मृत घोषित गरेर पुनः उपचार थालेको गोल्डेनमा आइतबार दिउँसो तोडफोड भएको हो ।

विराटनगर-६ रामपुर चोकका दीपक पासवानकी तीन वर्षीया छोरी आरुषी पासवान नजिकैको खोलामा डुबेकी थिइन् ।

आइतबार बिहान खोलामा डुबेर अचेत अवस्था भएकी आरुषीलाई उपचारका लागि गोल्डेन अस्पताल पुर्‍याएको थियो ।

बिहान ११ बजे अस्पताल पुर्‍याउँदा चिकित्सकले बाँच्ने सम्भावना झिनो रहेको भन्दै भर्ना लिएको आफन्तको भनाइ छ ।

गोल्डेनका डाक्टर सन्तोषकुमार यादवले उपचाररत बालिकालाई दिउँसो १ बजे मृत घोषणा गरेका थिए ।

त्यसपछि आफन्तले शव लैजान खोजेका थिए । तर, १० मिनेटपछि नै डाक्टरले ‘बालिकाको सास आयो’ भन्दै उपचारलाई निरन्तरता दिएका थिए ।

तथापि, डाक्टर यादवले आरुषीको बाँच्ने सम्भावना भने न्युन रहेको बताएको उनका बुबा दीपकको भनाइ छ ।

उपचार सम्भव नदेखेपछि निरास आफन्तले आरुषीलाई घर लैजाने बताएपछि डा. यादवले उनीहरूलाई ‘उपचार गर्ने औकात’ नभएको भन्दै अपमानजनक भाषा बोलेका थिए ।

त्यसपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

तोडफोडपछि भने डाक्टर यादवले आरुषीका आफन्तसँग माफी मागेका थिए ।

अपमानजनक व्यवहार गर्ने डा. यादवले माफी मागेपछि सोमबार गम्भीर अवस्थाकी बालिकालाई घर लैजानेगरी सहमति भएको छ ।

गोल्डेन अस्पताल पटकपटक विवादित हुँदै आएको छ । यसअघि गोल्डेन अस्पतालले उपचार खर्च तिर्न नसकेपछि शव बन्धक बनाएको थियो ।

गत वर्षको चैतमा मोटरसाइकल दुर्घटनामा परी घाइते भई उपचारका लागि आएका व्यक्तिको मृत्यु भएपछि एक युवकको शव अस्पतालले बन्धक बनाएर राखेको थियो ।

प्रकाशित समय: आईतबार १२ साउन, २०८२, १९:३८:२७

सम्बन्धित खबर

कांग्रेसमा पहिलोपटक जनजाति नेता दलको नेतृत्वमा

सोमबार १४ ब‌ैशाख, २०८३
२ घण्टाअघि

संविधान र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल

सोमबार १४ ब‌ैशाख, २०८३
३ घण्टाअघि

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय

सोमबार १४ ब‌ैशाख, २०८३
४ घण्टाअघि

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित

सोमबार १४ ब‌ैशाख, २०८३
४ घण्टाअघि

सशस्त्र प्रहरीको आईजीपी नारायणदत्त पौडेल नियुक्त

सोमबार १४ ब‌ैशाख, २०८३
५ घण्टाअघि

सुकुमबासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

सोमबार १४ ब‌ैशाख, २०८३
६ घण्टाअघि
कांग्रेसमा पहिलोपटक जनजाति नेता दलको नेतृत्वमा
सोमबार १४ ब‌ैशाख, २०८३
संविधान र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल
सोमबार १४ ब‌ैशाख, २०८३
सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय
सोमबार १४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित
सोमबार १४ ब‌ैशाख, २०८३
सशस्त्र प्रहरीको आईजीपी नारायणदत्त पौडेल नियुक्त
सोमबार १४ ब‌ैशाख, २०८३
सुकुमबासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
सोमबार १४ ब‌ैशाख, २०८३
नीशा अधिकारीको प्रस्ताव– रञ्जु दर्शनालाई गृहमन्त्री बनाउ
सोमबार १४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बेको नाम प्रस्ताव
सोमबार १४ ब‌ैशाख, २०८३
सङ्खुवासभामा विद्यालयमै प्रधानाध्यापक कुटपिट, दुई शिक्षक पक्राउ
सोमबार १४ ब‌ैशाख, २०८३
स्थानीयसँग विवादमा उत्रिएका सशस्त्रका डिएसपी हमाल छिन्नमस्ता बाहिनी तानिए
सोमबार १४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०