खुल्ने समय थपिएसँगै धरहरा चढ्नेको संख्या दोब्बरले बढ्यो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ५ साउन, २०८२
१ वर्षअघि

धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको संख्या दोब्बर बढीले वृद्धि भएको छ ।
साउन १ गतेबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ला गरिएको छ ।

समय थप भएपछि धरहरा हेर्न आउनेहरूको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन
इकाई सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए ।

Advertisement

‘बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म टिकट खुल्छ । बिहान साढे ८ देखि बेलुकी ९८ बजेसम्म अहिले सेवाग्राहीले
धरहरा चढिरहनुभएको छ,’ इकाई प्रमुख राईले भने, ‘समय थप हुँदा निक्कै राम्रो भएको छ । धरहरा हेर्न आउनेहरूको
संख्या विगतमा भन्दा दोब्बरभन्दा धेरैले वृद्धि भएको छ ।’

पहिला धरहरा दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिएकोमा अहिले समय थप गरिएको हो ।
पहिला दैनिक करिब १द्द सयले धरहरा अवलोकन गर्ने गरेकोमा पछिल्लो ३ दिनमा ८ हजार ६ सय ३८ जनाले अवलोकन गरेका छन् ।

साउन १ गते २५ सय जनाले, २ गते २ हजार ६ सय ३१ र ३ गते ३ हजार ५ सय ७ जनाले अवलोकन गरेका राईले बताए ।
साउन १ देखि ३ गतेसम्ममा १५ लाख ५६ हजार ६ सय ५० रुपैयाँ सङ्कलन भएको छ ।

धरहरा अवलोकनका क्रममा भेटिएकी धादिङकी कल्पना तामाङले धरहरा चढ्दा दिउँसो भन्दा बेलुका रमाइलो लागेको बताइन् ।

‘बेलुकाको काठमाडौंको झिलिमिली दृश्य धरहराबाट हेर्दा एकदमै मनमोहक देखिँदो रहेछ ।
बिहान,दिउँसो भन्दा बेलुकाको दृश्य झनै राम्रो लाग्यो,’ उनले आफ्नो अनुभव सुनाइन् ।

०८१ मंसिरदेखि ०८२ असार मसान्तसम्ममा ५ करोड १२ लाख  ६२ हजार ९ सय ९५ रुपैयाँ धरहरा चढ्नेहरूबाट सङ्कलन भएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०