विराटनगरमा शिक्षकहरूका लागि ‘शिक्षक ज्योति मास्टर क्लास’ हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २६ असार, २०८२
११ महिनाअघि

विराटनगर । विराटनगरमा शिक्षकहरूका लागि ‘शिक्षक ज्योति मास्टर क्लास’ हुने भएको छ ।

शिक्षकहरूको व्यावसायिक क्षमता विकास र मानसिक स्वास्थ्यमा केन्द्रित रहेर जेस्ट आर्ट एन्ड लिटरेचर क्लबले मास्टरक्लास नामक कार्यक्रम आयोजना गर्ने भएको हो ।

विराटनगरको बसपार्कस्थित आरके प्यालेसमा आगामी साउन ११ र १२ गते सो कार्यक्रम आयोजना हुने आयोजक संस्थाका शोरेज राज वन्तले जानकारी दिए ।

उनका अनुसार मुख्य प्रशिक्षक कोलकाताका प्रसिद्ध क्लिनिकल साइकोलजिस्ट प्रोफेसर पार्थ राय रहेका छन् ।

उनी साइकोजेनेसिस रिसर्च फाउन्डेसनका संस्थापक सदस्य तथा सचिवसमेत हुन् ।

प्रोफेसर रायले शिक्षकहरूका लागि आधारभूत मानसिक स्वास्थ्य, परम्परागत श्यामपाटी भन्दा बाहिरका शिक्षण विधिहरू, विद्यार्थीहरूको दृष्टिकोणबाट शिक्षण र डिजिटल युगका विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने विषयमा तालिम प्रदान गर्नेछन् ।

कार्यक्रमको अर्को मुख्य आकर्षण इन्टरएक्टिभ बोर्डको प्रयोगमा तालिम रहेको छ । यसका लागि नेपाल कम्प्युटर एसोसिएसन फेडेरेसन मोरङका कोषाध्यक्ष सुजीत झाले प्रशिक्षण प्रदान गर्नेछन् ।

यो सेसनले शिक्षकहरूलाई आधुनिक प्रविधिको प्रयोग गरेर कक्षाकोठालाई थप रोचक र प्रभावकारी बनाउन सहयोग गर्नेछ ।

प्रति व्यक्ति ५ हजार रुपैयाँ दस्तुर राखिएको आयोजकले जनाएको छ ।

विद्यालयहरूको सामूहिक सहभागितालाई प्रोत्साहन गर्दै शिक्षकहरूलाई सिकाउन, नेतृत्व गर्न र प्रेरणा दिन सक्ने क्षमता विकास गर्न यो कार्यक्रम उपयोगी हुने आयोजकको अनुमान छ ।

प्रकाशित समय: बिहिबार २६ असार, २०८२, २०:०३:४३
५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण, दुहबीमा कृषकलाई यान्त्रिकीकरणतर्फ प्रोत्साहन
बुधबार २० जेठ, २०८३
नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजाने विषयमा मोदी–रवि छलफल
बुधबार २० जेठ, २०८३
राष्ट्रिय सभाको बैठक मंगलबारसम्मका लागि स्थगित
बुधबार २० जेठ, २०८३
राष्ट्रपति पौडेलको भूमिकाप्रति ओलीको आपत्ति,सरकारको रबरस्ट्याम्प बनेको आरोप
बुधबार २० जेठ, २०८३
मोदी–लामिछाने भेट : नेपाल–भारत सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता
बुधबार २० जेठ, २०८३
‘सम्पत्ति छानबिन गर्ने भए खरानी उठाएर लैजानु’
बुधबार २० जेठ, २०८३
राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूले गरे विरोध
बुधबार २० जेठ, २०८३
बंगलादेशसँग सेमिफाइनल खेल्दै नेपाली महिला फुटबल टोली
बुधबार २० जेठ, २०८३
रवि लामिछाने र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै
बुधबार २० जेठ, २०८३
नेपाल–भारत सम्बन्ध ‘सिसिफसको कथा’ जस्तै दोहोरिन अभिशप्त छ : बाबुराम भट्टराई
बुधबार २० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०