माझी समुदायको भाषा जोगाउन बालबालिकालाई प्रशिक्षण

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ असार, २०८२
११ महिनाअघि

आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी युवा लागेका छन् । बुढापाकासँग आफूले सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरण पनि गराइरहेका छन् ।

विशेषगरी नदीकिनारमा बसोवास गर्ने माझी समुदायका मानिसले आफ्नो भाषा र संस्कृति हराउने सम्भावना बढेपछि माझीको सामाजिक विषयवस्तुमा छलफल गर्ने एकीकृत गर्न ती  समुदायका विभिन्न १० स्थानमा भाषा तथा संस्कृतिका बारेमा बालबालिकालाई प्रशिक्षण दिइरहेको छ ।

भाषा र संस्कृति जोगियो भने मात्र माझीको पहिचान जोगिने भएकाले आफ्नो पहिचान जोगाउन पनि यस्ता कार्यक्रम माझी समुदायको टोलटोलमा गरिएको मन्थली नगरपालिका– ८ गाइखुराका बालकृष्ण माझीले बताए ।

रामेछापको मन्थली नगरपालिकास्थित गाइखुरा, जखनिटार, हाटेचउर, कुनाउरी, रुमालेचोक, हात्तिटार, सेलेघाट भटौली र खाँडादेवी गाँउपालिकाको रजगाँउ गरी माझी समुदाय रहेको विभिन्न स्थानमा माझीहरूको भाषा र संस्कृतिका बारेमा पढाइ हुने गरेको छ ।

पछिल्लो पुस्ताले भाषा, संस्कृति धर्म संस्कार नबिर्सिउन भनेर जिल्लाका १० स्थानमा आफ्नो संस्थाको आयोजनामा यो कार्यक्रम सञ्चालनमा रहेको मजे सावा रामेछापका संयोजक श्रीबहादुर माझीले बताए ।

माछा मार्नु, विभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुर्ख्यौली पेशा हो । नदी तथा खोलामा विषादी हालेर माछा मार्ने क्रम बढेको र अधिकांश नदी तथा घाटमा मोटरेबल तथा झोलुङ्गे पुल बनेका कारण अहिले उनीहरूको पुर्ख्यौली पेशा लोप हुने अवस्थामा पुगको छ ।

भाषा र संस्कृति जोगाउने कामका लागि प्रशिक्षण गर्न आदिवासी हिमाली समाजले आर्थिक सहयोग गरेको छ ।

सङ्घीय तथा स्थानीयस्तरका भाषाविज्ञलाई परिचालन गरी हरेक दिनको बिहान दिनको दुई घण्टा माझी भाषासहित संस्कार र संस्कृतिका बारेमा पढाउने गरिएको छ ।

यो भाषा पढेपछि आफूजस्ता बालबालालिका धेरैलाई माझी भाषा र संस्कृतिसम्बन्धी जानकारी भएकोले यो कार्यक्रम फाइदाजनक भएको स्थानीय विद्यार्थी सम्रता माझीले बताइन् ।

रामेछापमा माझी भाषा मात्र हैन, हायुको भाषा, मगरको भाषा, नेवारी समुदायको भाषाजस्ता भाषा लोप हुने अवस्थामा छन् ।

प्रकाशित समय: शनिवार २१ असार, २०८२, ०७:५६:३१
५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण, दुहबीमा कृषकलाई यान्त्रिकीकरणतर्फ प्रोत्साहन
बुधबार २० जेठ, २०८३
नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजाने विषयमा मोदी–रवि छलफल
बुधबार २० जेठ, २०८३
राष्ट्रिय सभाको बैठक मंगलबारसम्मका लागि स्थगित
बुधबार २० जेठ, २०८३
राष्ट्रपति पौडेलको भूमिकाप्रति ओलीको आपत्ति,सरकारको रबरस्ट्याम्प बनेको आरोप
बुधबार २० जेठ, २०८३
मोदी–लामिछाने भेट : नेपाल–भारत सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता
बुधबार २० जेठ, २०८३
‘सम्पत्ति छानबिन गर्ने भए खरानी उठाएर लैजानु’
बुधबार २० जेठ, २०८३
राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूले गरे विरोध
बुधबार २० जेठ, २०८३
बंगलादेशसँग सेमिफाइनल खेल्दै नेपाली महिला फुटबल टोली
बुधबार २० जेठ, २०८३
रवि लामिछाने र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै
बुधबार २० जेठ, २०८३
नेपाल–भारत सम्बन्ध ‘सिसिफसको कथा’ जस्तै दोहोरिन अभिशप्त छ : बाबुराम भट्टराई
बुधबार २० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०