विराटनगर । विराटनगर महानगरपालिका–९ मा रहेको शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई प्रवेश परीक्षा लिएको छ ।
विज्ञान संकायको भएको परीक्षामा आठ सय सिटका लागि लिएको परीक्षामा करिब २ हजारभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी भएको विज्ञान संकायका को–अर्डिनेटर नविन रायले जानकारी दिए ।
कोशी प्रदेश, मधेस प्रदेश कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको जुम्लाका विद्यार्थीले प्रवेश परीक्षा दिएको प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी गराए ।
कोशी प्रदेशको राजधानी विराटनगरको शिक्षादीप कलेजमा कोशी र मधेस प्रदेशबाहेक पहिलो पटक कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको जुम्लाका विद्यार्थी प्रवेश परीक्षामा सहभागिता जनाएको कलेजले जनाएको छ ।
बिहान र दिउँसो गरी दुई सिफ्टमा अध्ययनका लागि आठ सय विद्यार्थीलाई मात्र भर्ना लिएको प्रिन्सिपल खड्काले बताए ।