एभरेष्टले गर्‍यो एसइईमा उत्तीर्ण हुने १७१ जना विद्यार्थी र अभिभावकलाई अभिनन्दन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ असार, २०८२
१ वर्षअघि

विराटनगर । विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्तीर्ण हुने १७१ जना विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई अभिनन्दन गरेको छ ।

विद्यालयले मंगलबार आफ्ना सफल विद्यार्थीहरूको उपलब्धिलाई सम्मान गर्दै उनीहरूका अभिभावकहरूलाई पनि धन्यवाद ज्ञापन गरेको हो ।

Advertisement

एभरेष्ट स्कुलले यस वर्षको एसइई परीक्षामा उल्लेखनीय सफलता हासिल गरेको छ ।

विद्यालयका दुई जना प्रतिभाशाली विद्यार्थी प्रेम खतिवडा र कृति गोयलले पूर्ण ४.० जिपिए हासिल गर्न सफल भएका छन् ।

कुल १७१ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएकोमा सबै उत्तीर्ण हुन सफल भएका हुन् ।

यी मध्ये १३३ जना विद्यार्थीले ३.६१ देखि ४.० सम्मको उच्च जिपिए प्राप्त गरेका छन् भने बाँकी ३८ जना विद्यार्थीले ३.२१ देखि ३.६० सम्मको राम्रो जिपिए हासिल गरेका छन् ।

अभिनन्दन कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले एभरेष्ट बोर्डिङ स्कुलको शैक्षिक परम्परा र उपलब्धिहरूको विस्तृत चर्चा गरे ।

उनले एभरेष्ट विगत तीन वर्षदेखि एसइईमा उत्तीर्ण हुने विद्यार्थी र अभिभावकहरूलाई यस्तो अभिनन्दन कार्यक्रमको आयोजना गर्दै आएको बताए ।

प्रिन्सिपल पुरीले एभरेष्ट स्कुलको इतिहासलाई सम्झाउँदै भने, ‘हाम्रो विद्यालयले २०५७ सालदेखि एसएलसी (हाल एसइई) परीक्षामा सहभागिता जनाएको हो । त्यसयता हाम्रा विद्यार्थीहरूले निरन्तर उत्कृष्ट परिणाम ल्याउँदै आएका छन् । विद्यार्थीहरूले ४ जीपीए नै ल्याउनुपर्छ भन्ने कुरा नभएर महत्त्वपूर्ण कुरा गुणस्तरीय शिक्षा हासिल गर्नु हो ।’

प्रिन्सिपल पुरीले एभरेष्ट स्कुललाई एक स्थापित ब्रान्डको रूपमा उल्लेख गर्दै भने, ‘एभरेष्ट आफैंमा एक ब्रान्ड हो । कुनै वर्ष अचानक राम्रो र कुनै वर्ष बिग्रिने कुरा छैन । इतिहासकालदेखि गुणस्तरीय शिक्षा प्रदान गरेर एभरेष्टको छुट्टै ब्रान्ड पहिचान छ । हामी यसलाई निरन्तर कायम राखेर अगाडि बढ्नेछौं ।’

उनले यस वर्षको एसइइमा दुई जना विद्यार्थीहरूले ४ जीपीए ल्याएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि परिणाम कमजोर नहुने र एभरेष्टले आफ्नो ब्रान्डलाई कायम राखेर अगाडि बढ्ने कुरामा विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रिन्सिपल पुरीले अभिभावकहरूको भूमिकालाई महत्त्वपूर्ण मानेको बताए ।

उनले भने, ‘अभिभावकहरूको आफ्ना छोराछोरीप्रति ठूलो आशा र भरोसा हुन्छ । यो अभिनन्दन कार्यक्रम त्यही आशा र भरोसाको सम्मान स्वरूप हो ।’ उनले विद्यार्थीहरूको उत्साहजनक सहभागितालाई प्रशंसा गर्दै भविष्यमा पनि यस्तै उत्साहको अपेक्षा गरे ।

कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्तौलाले एसइईमा उत्तीर्ण हुने सबै विद्यार्थीहरूलाई सफलताको शुभकामना दिए ।

उनले विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै भविष्यमा पनि यस्तै सफलता प्राप्त गर्न प्रेरणा दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०