“वि राइज फर”अभियानअन्तर्गत सार्वजनिक सेवा सुनिश्चितताको माग गर्दै विराटनगरमा र्‍याली

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ असार, २०८२
१ वर्षअघि

विराटनगर । विराटनगरमा राइजफर अभियानअन्तर्गत सार्वजनिक सेवा सुनिश्चितताको माग गर्दै एकजुट र्‍याली तथा अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भएको छ ।

जनरल फेडेरेसन अफ नेपालिज ट्रेड युनियन, गैरसरकारी संस्था नेपाल महासंघ, दिगो विकास इन्स्तिच्युट र फाईत इन-इकुयालिटी अलाइन्सका प्रतिनिधित्वमा आवद्ध संस्थाहरूको संयुक्त पहलमा उक्त र्‍याली निकालिएको हो ।

Advertisement

र्‍यालीमा ट्रेड युनियन, साना किसान, महिला समूह, युवा र अधिकारकर्मीहरूको सक्रिय सहभागिता थियो ।

उनीहरूले “सबैका लागि सार्वजनिक सेवा” को माग गर्दै भुमिप्रशासन चोकबाट सुरु भई ट्राफिक चोक हुँदै हनुमान मन्दिरसम्म प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा“सबैका लागी सार्वजनिक सेवा, धनीमाथी कर रअवैधपुर्ण ऋण खारेज” को माग गर्ने नारासहित प्लेकार्ड बोकेर र नारा लगाएर अभियानमा आवाज उठाईरहेका थिए ।

र्‍यालीपछि आयोजित कार्यशालामा सहभागीहरुले “सबैका लागि सार्वजनिक सेवाकिन आवश्यक छ?”भन्ने विषयमा अन्तरक्रियात्मक छलफल गरेका थिए ।

मानव अधिकार, श्रमिक अधिकार, वातावरणीय न्यायर समानताको सवालमा काम गर्दै आएका युवा, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि र स्थानीय अगुवाहरूको उपस्थिति उल्लेखनीय थियो ।

संस्थाका प्रतिनिधिहरुले भने, “यो केवल एक दिनको कार्यक्रम होइन, यो विद्यमान प्रणालीविरुद्धको आन्दोलन हो । हामी सत्य, आवाज र शक्तिलागि उठेका छौं — यस्तो न्याय प्रणालीको लागिजसले नाफाभन्दा मानिसलाई प्राथमिकता दिन्छ ।”

कार्यक्रम काठमाण्डौ, पोखरा र विराटनगर गरी तीन सहरमा गरिएको हो ।

प्रधानमन्त्री केपीशर्मा ओली र विश्वभरका नेतृत्वकर्ताहरु स्पेनको सेविलमा जुन ३० देखि जुलाई ३ सम्म आयोजना हुने चौथो अन्तर्राष्ट्रिय सम्मेलन फाईन्यान्सिङ फर डिभेलोपमेन्टमा भेला हुँदैछन ।

यो अवसरमा विश्व दक्षिणका आवाजहरू सुन्नैपर्छ भन्ने मागसहित यो अभियान नेपालको काठमाण्डौ, पोखरा र विराटनगर गरी तीन सहरमासञ्चालन गरिएको हो ।

यो अभियानले संकटपछिको न्यायपूर्ण पुनःस्थापनाको माग गर्दै सरकार र वित्तीय संस्थाहरूलाई उत्तरदायी बनाउने लक्ष्य राखेको छ ।

एशिया र विश्वभरका आन्दोलनहरूसँग ऐक्यबद्धता प्रकट गर्दै, विराटनगरले समानता, गरिमा र न्यायमा आधारित अर्को सम्भव संसारका लागि दृढता प्रकट गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०