एसइईमा एभरेष्टको उत्कृष्टता कायमै

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १४ असार, २०८२
१ वर्षअघि

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले २०८१ सालको एसईई परिक्षाको परिणाममा पनि उत्कृष्टता हासिल गरेको छ ।

१ सय ७१ जना विद्यार्थीले एसईई परिक्षा दिएकोमा १ सय ३३ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएर उत्तिर्ण गरेका छन् ।

जसमध्ये दुई विद्यार्थी प्रेम खतिवडा र कृति गोयलले ४ जीपीए ल्याएका छन् । यस्तै बाँकी ३८ जना विद्यार्थीले समेत ३ दशमलव २१ देखि ३ दशमलव ६ जीपीए ल्याएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

एभरेष्टको २५ औं ब्याचसम्म आइपुग्दा शैक्षिक गुणस्तर निरन्तर उकालो लाग्दै आएको छ ।

भौतिक पूर्वाधारसहित शैक्षिक वातावरणमा कोशी प्रदेशकै अब्बल शैक्षिक संस्थाको रुपमा परिचित एभरेष्ट स्कुलले विद्यार्थीको शिक्षाको गुणस्तर, ब्यक्तित्व विकास र चरित्रवान बनाउन निरन्तर खोज तथा अनुसन्धान गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

एसईईको परिक्षाफलको विषयमा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अहिलेको नतिजा विगतकै निरन्तरता रहेको प्रतिक्रिया दिए ।

उनले भने,‘एभरेष्टको इतिहासकै निरन्तरता हो, एभरेष्टका नतिजा हरेक वर्ष झन् भन्दा झन् राम्रो बनाउन निरन्तर लागिरहेका छौं ।’

विद्यार्थीको सर्वाङ्गिण विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको एभरेष्टले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्य गर्दै आएको छ ।

भारतको दिल्लीमा सफल अभ्यास भएको ह्यापिनेश करिकुलम, विश्वस्तरीय कम्प्युटर सिकाईका लागि बेलायतको डिजी स्कुल, विभिन्न खोज तथा अनुसन्धानका लागि कारखानालगायतका विभिन्न संस्थाहरुसँग एभरेष्टको सहकार्य गरेको छ ।

शिक्षण सिकाई सैद्धान्तिक, प्रयोगात्मक, प्रविधिमैत्रि र नैतिक शिक्षाको सन्तुलनसहितको हुनुपर्नेमा जोड दिँदै एभरेष्ट ‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’ नाराका साथ अघि बढेको छ ।

हरेक कक्षा कोठा वातानुकुलित बनाएको एभरेष्टले अतिरिक्त कृयाकलापमा र खेलकुदका क्षेत्रलाई उत्तिकै महत्व दिएको छ ।

एभरेष्ट कलेज परिसर भित्रै फुटबल मैदान, ब्याडमिन्टन, भलिबल तथा बास्केटबल कोर्ट, टेबल टेनिस, मार्सल आर्ट, तेक्वोन्दोका लागि कवर्ड हल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरेको छ ।

यस्तै, संगीत तथा नृत्यका लागि छुट्टै हल निर्माण गरेर बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराएर एभरेष्टले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

यस्तै पटक पटक राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्राप्त गरेर एभरेष्टले आफ्नो शैक्षिक गुणस्तरको निरन्तरता राखेको पुष्टि गरेको छ ।

प्रकाशित समय: शनिवार १४ असार, २०८२, १९:४३:५१
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०