ट्रान्सफर्मर चोरी हुन थालेपछि प्राधिकरण हैरान

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १३ असार, २०८२
१ वर्षअघि

विराटनगर । कोशीमा बिजुलीका ट्रान्सफर्मर चोरी भएर नेपाल विद्युत् प्राधिकरण हैरान बनेको छ ।

पछिल्लो तीन महिनामा सुनसरी, झापा र मोरङमा छ वटा ट्रान्सफर्मर चोरी भइसकेका छन् ।

चोरीमा संलग्न अहिलेसम्म पक्राउ परेका छैनन्, जसका कारण नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालयमातहत कार्यलयका प्रमुख हैरानमा परेका छन् ।

प्राधिकरणको कोशी प्रदेशका प्रमुख राजीवकुमार सिंहका अनुसार बस्ती नभएको क्षेत्रमा चोरी हुने गरेका छन् ।

शाखा लाइन विस्तार गरेर राखिएका खेती भएको क्षेत्रमा ट्रान्सफर्मर चोरी भएका हुन् ।

प्रमुख सिंहले चोरीमा संलग्नहरू ट्रान्सफर्मर र विद्युत्को ज्ञान भएका व्यक्ति रहेको अनुमान गर्न सहजै सकिने बताए ।

यसमा भारतीयको संलग्नता हुन सक्ने अनुमान छ ।

ट्रान्सफर्मरको खोल छोडेरभित्रको तामा मात्रै झिकेर लाने गरिएको छ ।

एउटा ट्रान्सफर्मरभित्र एक सय केजी तामा हुने गरेको छ । तामा प्रतिकेजी दुई हजार रुपियाँ पर्ने सिंहले जानकारी दिए ।

प्राधिकरणले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई चोरीमा संलग्नको पहिचान गरी नियन्त्रणपछि कानुनी कारबाहीका लागि निवेदनसमेत दिइएको छ ।

प्रादेशिक कार्यालयको तथ्याङ्क अनुसार २०८२ वैशाख ३ गते बेलबारी वितरण केन्द्र अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–२, जोगियारेको ५० केभिए ट्रान्सफर्मर चोरी भएको थियो ।

२०८२ जेठ २२ गते रङ्गेली वितरण केन्द्र अन्तर्गत रङ्गेली नगरपालिका–७ को ५० केभिए, २०८२ जेठ २३ गते रङ्गेली वितरण केन्द्र अन्तर्गत रङ्गेली नगरपालिका–१, जिरायत टोलको एक सय केभिए ट्रान्सफर्मर चोरी भएको छ ।

यसै गरी दमक वितरण केन्द्र धरमपुर खानेपानी शिवसताक्षी–१ मा रहेको एक सय केभिए ट्रान्सफर्मर जेठ ३१ गते, इटहरी वितरण केन्द्र अन्तर्गत वराहक्षेत्र नगरपालिका–९ राजाबासको एक सय केभिए ट्रान्सफर्मर असार ९ गते चोरी भएको हो ।

यसअगाडि वैशाख २० गते मोरङको ग्रामथान गाउँपालिका–५, झपटाटोलमा समेत ट्रान्सफर्मर चोरिएको थियो ।

प्रादेशिक प्रमुख सिंहका अनुसार एउटा एक सय केभिएको ट्रान्सफर्मर चोरी हुँदा १० देखि १२ लाख रुपियाँ क्षति हुन्छ ।

५० केभिएको छदेखि सात लाख नोक्सान हुन्छ ।

एकान्तमा भएका ट्रान्सफर्मर चोरी हुँदा संलग्नको पहिचानमा समस्या हुने गरेको छ ।

प्रमुख सिंहका अनुसार ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ र खानेपानीका उपभोक्ता बढी मारमा पर्ने गरेका छन् ।

बारम्बार ट्रान्सफर्मर चोरी हुँदा त्यसको व्यवस्थापन गर्न समस्या हुने गरेको छ ।

विद्युत्को ज्ञान भएको र ट्रान्सफर्मर खोल्ने सिप भएका व्यक्ति संलग्न भएर प्राधिकरणको सेवा बारम्बार अवरुद्ध पारिरहेको सिंहले बताए ।

प्रकाशित समय: शुक्रबार १३ असार, २०८२, १०:३१:००
जयवीर देउवाको खातामा आएको साढे दुई करोडमाथि अनुसन्धान हुँदैछ
शुक्रबार १ साउन, २०८३
चिडियाखाना आजदेखि पुनः खुला
शुक्रबार १ साउन, २०८३
विश्वकप विजेतालाई पहिलोपटक ‘च्याम्पियनसिप रिङ’
शुक्रबार १ साउन, २०८३
बागमतीमा मन्त्रालय १४ बाट ८ मा झर्‍यो, ६ मन्त्री बिना विभागीय
शुक्रबार १ साउन, २०८३
चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी
शुक्रबार १ साउन, २०८३
निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि
शुक्रबार १ साउन, २०८३
रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेस्की विरुद्ध विरोध प्रदर्शन
शुक्रबार १ साउन, २०८३
दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालतको आदेश
शुक्रबार १ साउन, २०८३
प्रधानमन्त्री शाह र राप्रपा नेताहरूबीच भेटवार्ता
बिहिबार ३२ असार, २०८३
घुस लिएको आरोपमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद
बिहिबार ३२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०