कटहरीका पूर्वअध्यक्ष कामतको मिटरब्याज धन्दा !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १३ असार, २०८२
१ वर्षअघि

विराटनगर । मोरङको कटहरी गाउँपालिका पूर्वअध्यक्ष रामकुमार कामतले २ करोड पर्ने जग्गा ८ लाख रुपैयाँमा हडपेको खुलेको छ ।

जग्गा हडपेपछि उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजको उजुरी परेको छ । उजुरी परेपनि उजुरीमाथि छलफल नगर्न कांग्रेस नेताहरूले दबाब दिइरहेका छन् ।

कामत कांग्रेस कटहरी गाउँपालिका समितिको सभापति हुन् । २०७४ सालमा निर्वाचित पालिका अध्यक्ष पनि हुन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मिटरब्याजको उजुरी परेका कारण दुई पक्षलाई बोलाएर पटक पटक जिल्ला प्रशासनमा छलफल भएको बताए ।

तर छलफलमा सहमति जुटेको छैन ।

पीडितले ८ लाख रुपैयाँ ऋण लिदा आफ्नो २ करोडको जग्गा हडपेको दाबी गरेका छन् । कामतले भने निवेदकसँग नभइ अर्कैसँग जग्गा किनेको दाबी गर्दै आएका छन् ।

२०७१ सालमा कटहरी गाउँपालिका– २ की ५५ वर्षीय रामवती राजवंशीलाई ८ लाख रुपैयाँ चाहिएको थियो ।

आफ्नो ५ कठ्ठा जग्गा डम्बरकुमारी दाहालको नाममा रजिष्ट्रेसन पास गरेर ५ लाख र ३ कठ्ठा जग्गा लिलावती यादवको नाममा पास गरेर ३ लाख रुपैयाँ लिएकी थिइन् ।

उनले दुवैको सावाँ र ब्याज तिरिन् । तर जग्गा आफ्नो नाममा भने पाइनन् ।

लिलावतीबाट रामवतीको जग्गा सन्तोषकुमार मण्डलको नाम हुँदै कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतको नाममा पुग्यो । डम्बरकुमारी दाहालको नाममा पास गरेको जग्गा पनि कामतकै नाममा पुग्यो ।

आफ्नो जग्गा कामतको नाममा पुगेपछि रामवतीले फिर्ता मागिन् । तर कामतले फिर्ता दिएनन् । करिब २ करोड मूल्य पर्ने सो जग्गा आफ्नो नाममा आएपछि उनले रामवतीको परिवारलाई फिर्ता नदिने भन्दै हप्कीदप्की गरे ।

पीडित परिवार भने अर्काको जग्गामा बसिरहेको छ ।

१० वर्षसम्म जग्गा फिर्ता नपाएपछि पीडित परिवार २०८१ जेठमा प्रहरी कार्यालय मोरङ हुँदै जिल्ला प्रशासन कार्यालयमा पुग्यो ।

जिल्लामा छलफल भएपनि टुंगो नलागेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

प्रशासन स्रोतका अनुसार आफूविरुद्धको उजुरीमाथिको कारवाही प्रकृया अघि नबढाउन कांग्रेस नेता मार्फत दबाब दिइरहेका छन् ।

प्रशासन स्रोतका अनुसार दबाबका बीच गत बैशाखमा भएको छलफलमा कामतले जग्गा नलिएको दाबी गरे । कामतले डम्बरकुमारी दाहाल र सन्तोष मण्डलको नामबाट जग्गा आफ्नो नाममा लगेका हुन् ।

आफनो जग्गा लगेपछि पीडित राजवंशीका छोरा इन्द्रकुमार राजवंशीले जिल्ला अदालत मोरङमा लिखत बदरको माग गर्दै मुद्दा दिएका थिए ।

यो मुद्दा जिल्लामा उनले हारे ।

पीडित रामवती राजवंशीले ८ कठ्ठा जग्गा राखेर ८ लाख लिएको बताइन् । उनका अनुसार १० वर्षअघि जग्गाको मुल्याङकन प्रति कट्ठा ८ लाख रुपैया थियो,अहिले २५ लाख पुगेको छ ।

आफ्नो जग्गा धितो सार्दै रामकुमार कामतसम्म पुगेपछि फिर्ता माग्दा नपाएको बताइन् ।

उनका अनुसार २०७४ को निर्वाचनअघि कामतले जग्गा फिर्ता दिने बताएका थिए । तर चुनाव जितेपछि उनले फिर्ता दिएनन् । कतै उजुरी गर्न पनि दिएनन् ।

रामकुमार कामतले विचौलियाहरुले बिना कारण आफूविरुद्ध मिटर ब्याजको उजुरी दिएको दाबी गर्दै आएका छन् ।

प्रकाशित समय: शुक्रबार १३ असार, २०८२, १०:१७:४२
जयवीर देउवाको खातामा आएको साढे दुई करोडमाथि अनुसन्धान हुँदैछ
शुक्रबार १ साउन, २०८३
चिडियाखाना आजदेखि पुनः खुला
शुक्रबार १ साउन, २०८३
विश्वकप विजेतालाई पहिलोपटक ‘च्याम्पियनसिप रिङ’
शुक्रबार १ साउन, २०८३
बागमतीमा मन्त्रालय १४ बाट ८ मा झर्‍यो, ६ मन्त्री बिना विभागीय
शुक्रबार १ साउन, २०८३
चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी
शुक्रबार १ साउन, २०८३
निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि
शुक्रबार १ साउन, २०८३
रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेस्की विरुद्ध विरोध प्रदर्शन
शुक्रबार १ साउन, २०८३
दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालतको आदेश
शुक्रबार १ साउन, २०८३
प्रधानमन्त्री शाह र राप्रपा नेताहरूबीच भेटवार्ता
बिहिबार ३२ असार, २०८३
घुस लिएको आरोपमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद
बिहिबार ३२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०