विराटनगरमा वडाध्यक्षले गरिदिए जीवित व्यक्तिको मृत्यु सरजमिन, घटनाको नालिबेली यस्तो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १३ असार, २०८२
१० महिनाअघि

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरका जनप्रतिनिधिले जीवित व्यक्तिको मृत्यु सरजमिन गरेको खुलेको छ ।

विराटनगर महानगरपालिका-२ का वडाध्यक्ष कुमार पोखरेलले जीवित व्यक्तिको मृत्यु सरजमिन गरेका हुन् ।

विराटनगर महानगरपालिका– २ का भरतबहादुर बस्नेतले भाइ केदारबहादुर बस्नेतको मृत्यु सरजमिन गरेर जग्गा बिक्री गरेको खुलेको हो ।

२०७५ साल असोज १० गते २०५८ सालमै उनको मृत्यु भएको भनि सरजमिन मुचुल्का बनाइएको फेला परेको छ ।

विराटनगर–११ पिचराका ७० वर्षीय केदारबहादुर बस्नेत पूर्वप्रहरी निरीक्षक हुन् । उनी काठमाडौंमा बस्छन् ।

सुनसरीको जग्गा बिक्री भएपछि मात्रै केदारले आफ्नो मृत्युको कागज बनेको थाहा पाएका थिए ।

‘मलाई त जानकारी नै थिएन । दाजुले २०५८ मै मरेको भनेर सरजमिन बनाउनु भएछ,’ उनले भने, ‘सुनसरीको जग्गा बिक्री गरेपछि मात्रै सोधीखोजी गर्दा थाहा भयो ।’

आफू जिउँदै हुँदा जालसाजी गरेर मृत्युको सरजमिन गरेको भन्दै उनले जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेका छन् ।

उनको मुद्दा विचाराधीन छ । उनले नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष कुमार पोखरेल र तत्कालीन वडासचिव सूर्यबहादुर थापासहित १० जनालाई प्रतिवादी बनाएका छन् ।

घटना के हो ?

केदारका अनुसार उनका बुवा पहलमान बस्नेतका ३ जना श्रीमती थिए। जेठी मायादेवी, माइली विष्णुकुमारी र कान्छी उमादेवीमध्ये उनी उमादेवीका जेठा छोरा हुन् । उनीतर्फका कान्छा पर्शुरामको २०६८ साल फागुनमा मृत्यु भएको थियो ।

केदारको मृत्यु भएको भनेर कागजात बनाउने भरतबहादुर बस्नेत माइली आमा विष्णुकुमारीका जेठा छोरा हुन् । जेठी मायादेवीलाई विवाहित साइली छोरी भगवतीले लालनपालन र रेखदेख गरेकी थिइन् ।

मायादेवीको २०४५ भदौमा मृत्यु भएको थियो । जग्गा भगवतीले नै भोगचलन गर्ने सहमति थियो ।

तर, जेठी मायादेवीका नाममा सुनसरीको हाँसपोसा गाविस ८ (ग) को कित्ता नम्बर १५६ को ३ कठ्ठा २ धुर र कित्ता नम्बर १५७ को ६ धुर गरी ३ कठ्ठा ८ धुर जग्गा एकलौटी बनाउन भरतबहादुरले केदारको मृत्यु भएको सरजमिन गराएका हुन् ।

जिउँदो भाइ केदारलाई मृत्यु भएको कागज बनाएका उनले आफूतर्फका भाइले भने पहिले नै अंश लिइसकेको उल्लेख गरेका छन् । मायादेवीको रेखदेख पनि आफूले नै गरेका कारण त्यो जग्गा उनले भोगचलनका लागि कागज बनाए ।

सम्पत्ति खाने अंशियारमध्येका १ लाई मृत्यु भएको कागज बनाएपछि सोही कागजातका आधारमा २०७५ सालमा उनले त्यो जग्गा आफ्नो नाममा ल्याएर २०८१ सालमा उनले डेढ कट्ठा जग्गा मोही हक छुट्याएर ७२ लाखामा बिक्री गरेको केदारले बताए ।

जग्गा बिक्री गरेको थाहा पाएपछि सोधीखोजी गर्दा आफ्नो मृत्युको सरजमिन गरेको थाहा भएको केदारले बताए ।

उनले आफ्नो मृत्युको सरजमिन गर्दा दाजुले आमाको नाम पनि अर्कै लेखेको बताए ।

विराटनगरको २ नम्बर वडा कार्यालयले २०७५ असोज १७ गते केदार बस्नेतको मृत्यु भइसकेको व्यहोराको सरजमिन मुचुल्का बनाएको थियो ।

सरजमिन मुचुल्कापछि वडा कार्यालयले २०७५ असोज १९ गते मालपोत कार्यालय सुनसरी इनरुवालाई सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा जग्गा भरतको नाममा आएको थियो ।

त्यसको ५ वर्षपछि उनले जग्गा बिक्री गरेका थिए । वडाध्यक्ष पोखरेलले भने आफू कार्यक्रममा रहेको भन्दै प्रतिक्रिया दिन मानेनन् ।

प्रकाशित समय: शुक्रबार १३ असार, २०८२, ०६:४६:००

सम्बन्धित खबर

मालीका रक्षामन्त्री आत्मघाती विस्फोटमा मारिए, देशभर हिंसा चर्कियो
सोमबार १४ ब‌ैशाख, २०८३
युद्ध र महँगीको दबाबबीच ब्याजदर यथावत राख्ने तयारीमा अमेरिकी फेड
आईतबार १३ ब‌ैशाख, २०८३
सामाजिक सञ्जाल: अवसर कि समयको बर्बादी?
आईतबार १३ ब‌ैशाख, २०८३
पूर्वीनाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए
आईतबार १३ ब‌ैशाख, २०८३
इरानमा ५७ दिनको इन्टरनेट अवरोध,अर्थतन्त्रमा अर्बौ नोक्सानी
आईतबार १३ ब‌ैशाख, २०८३
दिल्ली विमानस्थलमा उडानअघि इन्जिनमा आगलागी, ६ घाइते
आईतबार १३ ब‌ैशाख, २०८३
सरकारले समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न ल्यायो नयाँ कार्यविधि
आईतबार १३ ब‌ैशाख, २०८३
त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम
आईतबार १३ ब‌ैशाख, २०८३
त्रिविको ३५ दिने अल्टिमेटम: क्रिकेट मैदानसहित अतिक्रमित जग्गा खाली गर
आईतबार १३ ब‌ैशाख, २०८३
बर्जुमा गाउँ शिक्षा योजना तर्जुमा प्रक्रिया सुरु, पाँच वर्षे रणनीतिमा जोड
आईतबार १३ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०