मोरङको सुनवर्षीमा ट्याक्टरसँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १३ असार, २०८२
१ वर्षअघि
फाइल तस्बिर

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा बिहीबार राति ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सुनवर्षी-८ विश्वकर्मा चौकस्थित सिजुवा-विराटनगर हुलाकी सडकखण्डमा झपडतलबाट डाइनियातर्फ जाँदै गरेको को १ त ६१९१ नम्बरको ट्याक्टरले र सोही दिशातर्फ जाँदै गरेको प्रदेश १-०२-०४५प.९१६३ नम्बरको मोटसाइकल ठोक्किएको थियो ।

Advertisement

ट्याक्टरमा पछाडिबाट ठक्कर दिइ दुर्घटना हुँदा मोटरसाइकल चालक रतुवामाई नगरपालिका-३ चौकीघाट बस्ने ४३ वर्षीय ढक्कुलाल गनगाई घाइते भएका थिए ।

छाती र घाँटीमा चोट लागेपछि उनलाई रंगेली अस्पताल रंगेलीमा ल्याइएको थियो । तर, उपचारका क्रममा राति १ः२५ बजेतिर गनगाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव सोही अस्पतालमा नै रहेको भन्ने खबर नोबेल अस्पताल विराटनगरमा कार्यरत प्रहरी कर्मचारीले इलाका प्रहरी कार्यालय रंगेलीमा जानकारी गराएका थिए ।

दुर्घटनापछि फरार बनेका सुनवर्षी-९ बिर्ता बस्ने अन्दाजी २९ वर्षीय राजकुमार ऋषिदेवलाई राति १०ः५० बजे प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०