बेलबारीमा उपप्रमुख र लेखाप्रमुखको टकराव : हिसाब देखाउन उपप्रमुखको माग, लेखाप्रमुख भन्छिन्-हेर्न मिल्दैन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १२ असार, २०८२
१ वर्षअघि

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले असार १० गते मंगलबार आर्थिक वर्ष २०८२।८३ को बजेट सार्वजनिक गर्‍यो ।

तर सोही बजेटका बिषयमा छलफल र पास नहुँदै नगरपालिकाभित्र नयाँ खिचडी पाकिरहेको विषय सार्वजनिक भएको छ ।

केही दिनअघि बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोइलाला) ले नगरपालिकाले विभिन्न शीर्षकहरूमा भइरहेको बजेट हेर्न पाउनुपर्ने माग गरिन् ।

उनले लेखा प्रमुख तथा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत धनमाया राईलाई केही शीर्षक र केही कर्मचारीहरूले लिइरहेको विभिन्न शीर्षकको भत्ता रकमको जानकारी मागेकी थिइन् ।

तर, लेखा प्रमुख राईले त्यसरी हिसाब हेर्न नमिल्ने र गोपनीयता भंग हुने भन्दै हिसाब देखाउन नमानेपछि उपप्रमुख कोइरालालाई विभिन्न शीर्षकमा छुटि्टएको बजेटको लिष्ट दिएकी थिइन् ।

सोही लिष्ट मागेको नभई केही खर्चका शीर्षकहरूमा भएका खर्चको विवरण माग गरेको उनले बताएपछि हिसाब देखाउन नमिल्ने बताएकी थिइन् ।

उपप्रमुख कोइरालाले आफु अनुगमन समितिको संयोजक समेत रहेको र नगरपालिकाले गरिरहेको खर्चको विवरण माग गर्दा उल्टै दिन नमिल्ने भन्दै लेखा प्रमुख पन्छिएको बताएकी छिन् ।

उनले यो कस्तो हिसाब हो, जुन नगरपालिकाको उपप्रमुखले माग्दा समेत कर्मचारीले देखाउँदा हेर्न मिल्दैन भन्ने प्रश्न गरिन् ।

केही शीर्षकहरूमा भइरहेको खर्च अस्वभाविक भएको गुनासो समेत आएपछि आफूले हिसाब हेर्न खोजेको उनको दाबी छ ।

यता लेखा प्रमुख राईले हरेक महिनाको हिसाब सार्बजनिक गर्ने गरेको र उपप्रमुखलाई समेत मागेको र दिन मिल्ने हिसाब दिएको बताएकी छन् ।

तथापि, गोपनीयतालाई समेत मध्यनजर गर्दै ब्यक्तिगत र कतिपय हिसाब दिन नमिल्ने भएका कारण नदिएको उनले बताएकी छिन् ।

उनले आन्तरिक लेखा परीक्षक र महालेखा परीक्षकले समेत हिसाब हेर्दा विभागको पत्र लिएर आउने गरेको र कसैले ब्यक्तिगत रूपमा हिसाब हेर्न माग्दा दिन नमिल्ने बताएकी छिन् ।

उनले आफूलाई थाहा भएसम्म हिसाब हेर्न सबैलाई अधिकार नभएका कारण हिसाब हेर्न नदिएको तर प्रमुख प्रशासकीय अधिकृतले हिसाब हेर्न दिनु भनेको खण्डमा हिसाब हेर्न दिने बताइन् ।

उपप्रमुख कोइरालाले भने हिसाब देखाउन नमान्नु शंकास्पद भएको र यस विषयमा कुरा राख्दा नगरप्रमुख दिलप्रसाद राई समेत मौन रहेको आरोप लगाएकी छन् ।

उनले नगरपालिकाको उपप्रमुखले हिसाब हेर्न माग्दा हिसाब दिन नमिल्ने यो कस्तो नियम हो ? भन्दै प्रतिप्रश्न समेत गरिन् ।

प्रकाशित समय: बिहिबार १२ असार, २०८२, ०७:३८:०२
जयवीर देउवाको खातामा आएको साढे दुई करोडमाथि अनुसन्धान हुँदैछ
शुक्रबार १ साउन, २०८३
चिडियाखाना आजदेखि पुनः खुला
शुक्रबार १ साउन, २०८३
विश्वकप विजेतालाई पहिलोपटक ‘च्याम्पियनसिप रिङ’
शुक्रबार १ साउन, २०८३
बागमतीमा मन्त्रालय १४ बाट ८ मा झर्‍यो, ६ मन्त्री बिना विभागीय
शुक्रबार १ साउन, २०८३
चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी
शुक्रबार १ साउन, २०८३
निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि
शुक्रबार १ साउन, २०८३
रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेस्की विरुद्ध विरोध प्रदर्शन
शुक्रबार १ साउन, २०८३
दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालतको आदेश
शुक्रबार १ साउन, २०८३
प्रधानमन्त्री शाह र राप्रपा नेताहरूबीच भेटवार्ता
बिहिबार ३२ असार, २०८३
घुस लिएको आरोपमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद
बिहिबार ३२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०