शनिबार र प्रचण्ड गर्मी नभनी जनकका विद्यार्थीले गरे यस्तो कार्य

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३२ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । करिब १४ किलोमिटर बाटो छिचोल्दै झोराहाटस्थित जनक मेमोरियल स्कुलका विद्यार्थीहरूले शनिबार बिदाको दिनलाई सदुपयोग गरेका छन् ।

बसमा खाद्यान्न सामग्री राखेर विराटनगर–१६ स्थित पूर्वान्चल बाल सेवा आश्रम पुगेका जनकका विद्यार्थीहरूले सामाजिक कार्य गरेका हुन् ।

Advertisement

ग्रामथान गाउँपालिका–२ झोराहाटमा रहेको जनकबाट यसपालि एसइई दिने तयारीमा रहेका ३५ जना विद्यार्थीहरूले बाल आश्रममा आश्रित बालबालिकाका लागि खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।

प्रिन्सिपल सुनील भगत, भाइस प्रिन्सिपल समुन्द्र पराजुली, कोअर्डिनेटर ज्योति धिताल र शिक्षिका निर्मला भण्डारी तथा विद्यार्थीहरूले आश्रममा आश्रित बालबालिकाको रहनसहनबारे जिज्ञासा राखेका थिए ।

अतिरिक्त क्रियाकलापअन्तर्गत सामाजिक सेवाबारे जान्न आफूहरूले बाल आश्रममा आफूजस्तै बालबालिकालाई सहयोग गरेको विद्यार्थीहरूको भनाइ छ ।

बाल आश्रममा आश्रित बालबालिकासँग केही समय बिताउन पाउँदा र उनीहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको विद्यालयलकी छात्रा प्रिन्सिका खतिवडाले बताइन् ।

स्कुलका प्रिन्सिपल सुनील भगतले बर्सेनि आफूहरूले सामाजिक कार्यमा विद्यार्थीहरूलाई अग्रसर गराउने गरेको बताए ।

अघिल्लोपटक मानव सेवा आश्रममा सहयोग गरेको बताउँदै उनले यसपालि स्वतस्फूर्त रूपमा विद्यार्थीहरूले बाल आश्रममा खाद्यान्न सामग्री वितरण गरेको उनको भनाइ छ ।

यस्तै, बाल आश्रमकी संस्थापक अध्यक्ष सीता पोखरेलले जनकका विद्यार्थीहरूले सर्वश्रेष्ठ मानव जातिले गर्ने मानवीय कार्य गरेको सुनाइन् ।

आश्रममा आश्रित ६१ बालबालिकाका लागि सहयोग गरेका जनकका विद्यार्थीहरूलाई आशीर्वाद दिँदै उनले भविष्यमा पनि सामाजिक कार्यमा तल्लीन रहन सुझाव दिइन् ।

विद्यार्थीहरूलाई कक्षाकोठाबाहिरको वास्तविक संसार देखाउन र सामाजिक कार्यमा पनि उनीहरूको अग्रसरता बढाउन जनक लागिपरेको छ ।

उमेरदेखि नै सामाजिक कर्तव्य र जिम्मेवारीप्रति सचेत बनाउने ध्याउन्नमा रहेको जनले अघिल्लो वर्ष मानव सेवा आश्रममा सहयोग गरेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत
शुक्रबार २३ असोज, २०८३
सुनको मूल्य २ हजार ९ सयले बढ्यो, प्रतितोला २ लाख ९५ हजार ७ सय
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस भीरबाट खस्यो, पाँच जनाको मृत्यु
शुक्रबार २३ असोज, २०८३
कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो
शुक्रबार २३ असोज, २०८३
Tribhuwan University image
त्रिविको दीक्षान्त समारोह यसपटक सातै प्रदेशमा हुने
शुक्रबार २३ असोज, २०८३
२१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०