एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २० जेठ, २०८२
१ वर्षअघि

नवलपरासी पूर्वमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान साढे ८ बजे पूर्वी नवलपरासीको  देवचुली नगरपालिका-२ दुम्कौली चोकस्थित पूर्व-पश्चिम राजमार्गमा बिरामी बोकेको एम्बुलेन्स र विद्यालयको भ्यान ठोक्किएको हो।

बुटवलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र दुम्कौली जाँदै गरेको दिव्य एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थी बोकेको भ्यान आपसमा ठोक्किएको थियो।

पूर्वी नवलपरासी प्रहरीका अनुसार दुर्घटनामा स्कुल भ्यानका चालक देवचुली नगरपालिका-१ का बस्ने ५२ वर्षीय कुलप्रसाद सुवेदीको मृत्यु भएको हो।

टाउको र दुवै खुट्टामा चोट लागी उपचारका लागी उनलाई पुरानो मेडिकल कलेज भरतपुर चितवन पुर्‍याइएकोमा बिहान ९:२० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बुटवल उपमहानगरपालिका-३ गोलपार्कका ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राइ, २५ वर्षीया स्नेहा परियार छन्। उनीहरू एम्बुलेन्समा बिरामी लिएर आउँदै थिए।

दुई जना विद्यार्थीहरू देवचुली गाउँपालिका-१७ कि आयुसा गौतम र सोही गाउँपालिका-४ का ६ वर्षीय सोखनिया रोक्का सामान्य उपचारपश्चात डिस्चार्ज भएका छन्।

एम्बुलेन्समा आएका बिरामीलाई अन्य एम्बुलेन्समा राखेर चितवन पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित समय: सोमबार २० जेठ, २०८२, १४:१५:४१
जापानको रक्सीले लुकेको सत्य बाहिर ल्यायो : शाही
आईतबार ३ साउन, २०८३
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना नियन्त्रणमा
आईतबार ३ साउन, २०८३
सरकार र रास्वपालाई ज्ञानेन्द्र शाहीको चुनौती: ‘संसदमा तथ्यसहित जवाफ देऊ’
आईतबार ३ साउन, २०८३
चितवनमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते
आईतबार ३ साउन, २०८३
सेउती खोला किनारमा आसेज वाओद्वारा वृक्षरोपण
शनिवार २ साउन, २०८३
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
शनिवार २ साउन, २०८३
देशभर अति भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
शनिवार २ साउन, २०८३
बागमतीका मन्त्रीलाई राजीनामा दिन थपलियाको निर्देशन
शनिवार २ साउन, २०८३
कारागारभित्रै पाँचजना कैदीबन्दीले गरे आत्मदाहको प्रयास
शनिवार २ साउन, २०८३
इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै
शनिवार २ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०