राष्ट्रपति रामचन्द्र पौडेलले गरे भोटोजात्रा अवलोकन

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १९ जेठ, २०८२
१ वर्षअघि

राष्ट्रपति रामचन्द्र पौडेलले भोटोजात्रा अवलोकन गरेका छन् । उनले आज अपराह्न ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सरिक भए  ।

राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र प्रमुख जिल्ला अधिकारी रमेश ढकालले स्वागत गरेका थिए  ।

Advertisement

हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।

त्यस अवसरमा उनले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे  । राष्ट्रपति पौडेलले जीवितदेवी कुमारीको समेत दर्शन गरे ।

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तित्वहरू सहभागी थिए ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मङ्गलबजार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार यस वर्षको रथयात्रासमेत सम्पन्न भएको छ ।

गत वैशाख १५ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहण गरेसँगै जात्रा सुरु भएको थियो । यसलाई नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ । मच्छिन्द्रबहालस्थित मन्दिरबाट मूर्ति बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । करिब एक हजार ६०० वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म चल्छ ।

भोटो देखाएकै दिन मूर्तिलाई खटमा राखी बुङ्मती पुर्‍याउनुपर्ने परम्पराअनुसार आजै त्यहाँ पुर्‍याइने ललितपुर महानगर प्रमुख महर्जनले जानकारी गराए  ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो

शनिवार २४ असोज, २०८३
१२ घण्टाअघि

कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत

शनिवार २४ असोज, २०८३
१३ घण्टाअघि

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग

शनिवार २४ असोज, २०८३
१३ घण्टाअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१३ घण्टाअघि

नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

शनिवार २४ असोज, २०८३
१७ घण्टाअघि

कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने

शनिवार २४ असोज, २०८३
१७ घण्टाअघि
बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो
शनिवार २४ असोज, २०८३
कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत
शनिवार २४ असोज, २०८३
बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग
शनिवार २४ असोज, २०८३
७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग
शनिवार २४ असोज, २०८३
इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी
शनिवार २४ असोज, २०८३
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०